भाटभटेनी समूहको T10 ब्रान्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक पोशाक साझेदार
९ असोज २०८२, काठमाडौं।
नेपाल क्रिकेट संघ (CAN) ले भाटभटेनी समूहको T10 ब्रान्डलाई आगामी दुई वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक पोशाक साझेदार (Apparel Partner) घोषणा गरेको छ ।
यो साझेदारीअन्तर्गत T10 ब्रान्डले नेपालको पुरुष, महिला र उमेर समूहका सबै राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण खेल पोशाक उपलब्ध गराउनेछ।
यस सहकार्यले खेलाडीको प्रदर्शन र आत्मविश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल क्रिकेट संघले भाटभटेनी समूह र T10 ब्रान्डप्रति आभार व्यक्त गर्दै यो साझेदारीले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।
For more: Bhatbhateni Apparel Partnership