बीमा शिखर सम्मेलन काठमाडौंमा: बिएफआईएनद्वारा ‘३आर’ थिममा भव्य आयोजना
२३ माघ, काठमाडौँ।
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) को आयोजनामा आज माघ २३, २०८२ (फेब्रुअरी ६, २०२६) काठमाडौंमा एक दिने विशेष बीमा सम्मेलन भइरहेको छ।
ललितपुरको स्क्वाएर होटलमा जारी यस कार्यक्रमको मुख्य नारा “बिल्डिङ अ रेसिलेन्स इन्स्योरेन्स इकोसिष्टम: रिस्क, रेगुलेसन एण्ड रिभोलुसनलाईजिङ डिजिटल इनोभेसन (3R)” रहेको छ।
प्रमुख सहभागी र उद्देश्य
नेपाली बीमा क्षेत्रका नियामक र सञ्चालकहरूलाई एउटै थलोमा ल्याउने उद्देश्यले आयोजित यस कार्यक्रममा निम्न व्यक्तित्वहरूको उपस्थिति रहेको छ:
-
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी र निर्देशक पुजन ढुंगेल।
-
नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्षहरू।
-
विभिन्न बीमा कम्पनीका दर्जनभन्दा बढी सिईओहरू (CEOs)।
-
भारतबाट आमन्त्रित बीमा विज्ञहरू।
विहान ९ बजेदेखि सुरु भएको यस कार्यक्रममा बीमा क्षेत्रका चुनौती, जोखिम व्यवस्थापन र डिजिटल रूपान्तरणका बारेमा सरोकारवाला र पत्रकारहरूबीच गहन छलफल हुनेछ।
For more: BFIN High-Level Insurance Conference 2082



