जुँगे काजी रम” सार्वजनिक १८औँ शताब्दीको नेपाली इतिहासलाई सिनेमाई भव्यतामा पुनर्जीवित गर्दै
२६ पुष २०८२, काठमाडौं ।
हजुरआमा कहिलेकाहीँ सम्झनाहरुमा हराउनुहुन्छ कालो भादगाउँले टोपी सुम्सुम्याउँदै अनि त्यो पुरानो तस्बिरतिर हेर्दै । ती आँखामा विगतका दिनहरू प्रष्ट झल्किन्छन् ।
आफ्नो बुवाको फोटो फ्रेम नियाल्दै, उहाँ आफ्नै प्रतिबिम्बसँग हल्का मुस्कान साट्नुहुन्छ, र धेरै वर्षदेखि लुकिरहेका कथाहरू विस्तारै सतहमा आउन थाल्छन् ।
कथा त्यो समयको हो जुनबेला जहाँनिया शासनले बोली र व्यवहारमा कठोर बन्देज लगाएर अन्यायको गाँठो कस्दै गइरहेको थियो । वर्षौं त्यही शासनका सेवक रहेका काजीको कर्तव्यबोधले अन्ततस् एक दिन उनको विवेकको अगाडि घुँडा टेक्यो र उनले अत्याचार गर्नेहरूको सेवा अब कहिल्यै नगर्ने निर्णय लिए ।
काजी गहिरो निराशामा डुबे र जीवनको सबैभन्दा कठिन मोडमा पुगे, तर उनको दृढताले भने उनलाई नयाँ किसिमको स्वतन्त्रताको बाटोतिर धकेल्न थालिसकेको थियो।
राणाशासनले देशमाथिको आफ्नो नियन्त्रणलाई गहिरो पार्दै लगेको पृष्ठभूमिमा विदेशी मदिरा गाउँ – गाउँ छिर्न थालिसकेका थिए । काजीको गाउँ पनि त्यसबाट अलग रहन सकेन ।
विदेशी मदिराको प्रभावले गाउँलेहरूको पहिचान र गौरवमाथि बढ्दै गएको खतरा काजीले बुझिसकेका थिए । यो मौन खतरालाई चुनौती दिन काजी रैथाने ज्ञान र स्थानीय स्रोतसाधन प्रयोग गर्दै मदिरा बनाउने सम्भावना खोज्न थाले।
वर्षौँको परीक्षण, असफलता र निरन्तर अभ्यासपछि, काजी अन्ततः त्यस्तो मिश्रणसम्म पुगे, जसप्रति उनी गर्व गर्न सक्थे।
For more: Best Rum in Nepal 2026



