बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य

Bank Partners with Khalti to Facilitate Digital Payments
Share It On:

असोज ५, २०७७, काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नुहुनेछ । साथै ग्राहक महानुभावहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नुहुनेछ । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो मुलनारा “हजुरको जिबन सहज बनाउँदै” बमोजिम विभिन्न समयमा सेवा तथा सुबिधाहरुलाई ग्राहक महानुभाव माझ ल्याउदा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै आईरहेको छ । यस बैंकबाट प्रबाह गरीदै आईरहेको सेवा तथा सुबिधाहरुमा व्यावसायिक फाईदाहरु भन्दा ग्राहक महानुभावहरुको जिवन सहजतालाई केन्द्रबिन्दुमा राखिएको छ र भबिष्यमा पनि यस्ता ग्राहक केन्द्रित सेवाहरु प्राथमिकतामा रहने समेत बिश्वास बैंकले लिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *