बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शित

Bajaj Nepal Photography Contest Winner
Share It On:

२५ वैशाख, काठमाडौं।

बजाज नेपालले ‘Wheels of Memory’ नामक राष्ट्रिय फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यस प्रतियोगिताले बजाज राइडरहरूलाई मात्र होइन, नेपालको सांस्कृतिक विविधता र मौलिकतालाई पनि सम्मान गर्ने उद्देश्य राखेको थियो।

नेपाली महिना र बाइक यात्रा सँगैको कथा

यो अभियान अन्तर्गत नेपालभरिका बजाज बाइक राइडरहरूलाई १२ नेपाली महिनासँग मेल खाने तस्बिरहरू पठाउन आह्वान गरिएको थियो। सहभागीहरूले देशका विभिन्न ठाउँ र सन्दर्भबाट आफ्नो राइडिङ अनुभव झल्काउने भावनात्मक, कलात्मक र सृजनात्मक तस्बिरहरू पठाएका थिए।

बजाजले यस अभियानमार्फत ग्राहकहरूसँगको आत्मीय सम्बन्ध अझ मजबुत बनाउने अवसरसमेत पाएको जनाएको छ।

७० भन्दा बढी तस्बिर, १२ विजेता

प्रतियोगितामा ७० भन्दा बढी तस्बिरहरू प्राप्त भए, जसबाट बहुपक्षीय मूल्याङ्कनपछि १२ जना विजेता छनोट गरिएको हो।

यी विजेता तस्बिरहरूलाई बजाजको नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा स्थान दिइनेछ। साथै, प्रत्येक विजेताले रु. १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्।

विजेता तस्बिर बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शित

यी तस्बिरहरू हाल बजाज ग्राण्ड कर्निभल २०८२ मा भृकुटीमण्डप, काठमाडौंमा वैशाख १६ देखि २७ गतेसम्म प्रदर्शनीमा राखिएको छ।

कर्निभलमा ग्राहकहरूका लागि शून्य डिपोजिटमा बाइक खरिद, ब्याजमुक्त फाइनान्स, नि:शुल्क एसेसोरीज, र २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताबाट बाइक एक्सचेञ्ज सुविधा उपलब्ध छ।

नयाँ बाइक खरिद गर्ने ग्राहकहरूले बजाज खुसीको मिटर खेल्न पाउनेछन्, जसबाट आकर्षक पुरस्कार जित्न सकिनेछ।

ब्रान्ड र ग्राहकबीचको सम्बन्ध अझ बलियो

हंसराज हुंलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अश्मिराज चालिसेले भने, “Wheels of Memory प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउन गरिएको प्रयास हो।”

“प्रत्येक नेपाली महिनाको सम्मान गर्दै बाइकप्रेमीहरूको सिर्जनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं,” उनले थपे।

बजाज – नेपाली उपभोक्ताको विश्वासिलो बाइक ब्रान्ड

स्टाइल, परफमेन्स र बजेटका हिसाबले बजाज मोटरसाइकलहरू नेपालमा लामो समयदेखि अग्रणी ब्रान्ड रहँदै आएको छ। यस्ता अभियानमार्फत बजाजले नेपाली बाइक समुदायसँगको सम्बन्ध थप मजबुत बनाउँदै लगेको छ।

For more: Bajaj Nepal Photography Contest Winners


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *