आइकन सफ्ट क्यान इन्फोटेक इन एसोसिएसन विथ एम बैंक भोलीदेखी शुरु हुने
१ चैत २०७९, काठमाडौं।
क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले वि. सं. २०६३ सालदेखि पटकपटक गरि ६ पटक Info-Tech (सुचना प्रविधि प्रदर्शनी) सम्पन्न गरिसकेका छौं । यसपटक क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक आयोजना गर्न लागेको छ । यहि चैत्र २ गतेदेखि शुरु भइ ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेका यस प्रर्दशनीको उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानज्युको प्रमुख आतिथ्यता रहने छ । मेला आयोजनामा निम्न प्रायोजकहरु रहेका छन् ।
- HIkVision Diamond Sponsor
 - राष्ट्रिय वाणिज्य बैंक Banking Partner
 - सजिलो pay E- Ticket Partner
 - PANTUM Printing Partner
 - First Aid Nepal Pvt Ltd Fire Fighting Partner
 - Samari CCTV Partner
 - MI Gold Sponsor
 - Okaya Gold Sponsor
 - K7 Security Gold Sponsor
 - RICOH Gold Sponsor
 - Aster CLIQ Gold Sponsor
 - Ruijie Gold Sponsor
 - Hetauda School of Management Gold Sponsor
 - DYnamic Soft Gold Sponsor
 - Hit Education Gold Sponsor
 
यसैगरि सहयोगी सँस्थाहरुमा जिल्ला समन्वय समिति मकवानपुर लगायत मकवानपुर जिल्लाका स्थानीय निकायहरु रहेका छन् ।
यस कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिनेछ । पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ । विभिन्न विद्यालयहरुको इन्नेभेटिभ (नविनतम सिर्जना) हरुको समेत स्टल रहनेछ ।
प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते networking र CCTV सम्बन्धि सेमिनार हुने ।
मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ ।
माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।
यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा गरेका छौं ।

                                                                    