२९ भदौ, काठमाडौं।
राजधानीको माइतीघर मण्डलामा शनिबार कलाकारहरूले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
भदौ २३ र २४ गते भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बल प्रयोगपछि भएको झडपमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्न चलचित्र, संगीत, साहित्य र रंगमञ्चसहित विभिन्न क्षेत्रका कलाकारहरू माइतीघरमा भेला भएका थिए।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी कलाकारहरूले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सच्चा नायक भन्दै उनीहरूको बलिदानलाई स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।
For more: Artists Honor Martyrs Kathmandu Maitighar