एपीआई पावर कम्पनीले आफ्नै केन्द्रीय कार्यालय ‘एपीआई टावर’को शिलान्यास, शेयरधनीको विश्वास सुरक्षित गर्ने लक्ष्य
२४ कात्तिक २०८२, काठमाडौं ।
नेपालमा नविकरणीय उर्जा विकासको क्षेत्रमा विगत २२ वर्षदेखि अपि पावर कम्पनी लिमिटेड अग्रणी भूमिका निर्वाह गरिरहेको कम्पनी रहेको छ ।
अपि पावर कम्पनी लिमिटेडको व्यवसायिक सफलता नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता, जलविद्युत र सौर्य सम्पत्तिहरूको विविधिकरण र निरन्तर पारदर्शी वित्तीय कार्यसम्पादन रहेको छ ।
यसले कम्पनीलाई देशमा एक अग्रणी पब्लिक ऊर्जा विकासकर्ताको रूपमा स्थापित गरेको छ ।
यसको उदाहरण नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लामा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत आयोजनाको विकास, निर्माण तथा संचालन केवल १७ महिनामा सम्पन्न गरी वि.सं. २०७२ भाद्रमा व्यवसायिक विद्युत उत्पादन गर्दै यस क्षेत्रमा दक्षताको लागि एक मापदण्ड स्थापित गरी र तत्कालिन विद्युतिय सेवाको अधिकतम उपभोगबाट बन्चित जिल्लाहरूमा बिजुली पुर्याएको थियो ।
अपि पावर कम्पनी लिमिटेड अन्तर्गत दार्चुला जिल्लामा थप ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना र ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना गरी जलविद्युत तर्फ कुल जम्मा ५६.५ मेगावाट क्षमताको विद्युत आयोजनाहरु निर्माण सम्पन्न भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत खरिद बिक्रि सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि भईरहेको छ ।
यसैगरी नेपाल सरकारको उर्जा उत्पादनमा उर्जा मिश्रण को नीति अनुरुप अपि पावर कम्पनी लिमिटेडले सो नीति अवलम्बन गर्दै सौर्य विद्युत आयोजनाहरुको विकास तथा निर्माण कार्य गरिरहेको छ ।
कम्पनीले सौर्य उर्जा तर्फ ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना, १ मे.वा. क्षमताको ढल्केबर सौर्य विद्युत आयोजना र १ मे.वा. क्षमताको सिमरा सौर्य विद्युत आयोजना गरी जम्मा ६ मेगावाट क्षमताको ग्रिडमा जडित सौर्य विद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत बिक्रि भईरहेको छ ।
कम्पनीले थप बारा जिल्ला, जितपुरसिमरा उप.म.न.पा. मा ८ मेगावाट क्षमताको परवानीपूर सौर्य विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
अपि पावर कम्पनी लिमिटेडले व्यवसाय विस्तार गर्ने क्रममा मुनाफादायी जलविद्युत आयोजनाहरुको अध्ययन अनुसन्धान गरी लगानी गरेको छ ।
इङ्गवा हाईड्रोपावर लिमिटेडद्वारा पाँचथर जिल्ला, याङवरक गा.पा. मा ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजनाको अपि पावर कम्पनी लिमिटेडको २५ प्रतिशत लगानी रहेको छ ।
यो आयोजना संचलनमा रहेको र यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई बिक्रि भईरहेको छ । इङ्गवा हाईड्रोपावर लिमिटेड नेपाल स्टक एक्सचेन्जमा सूचिकृत रहि दोश्रो बजारमा शेयर खरिद बिक्रि करोबार भईरहेको छ ।
यसका साथै अपि पावर कम्पनी लिमिटेडले ५९.६७ प्रतिशत बहुमत संस्थापक शेयर सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको खरिद गरी यस कम्पनीबाट नुवाकोट जिल्ला, दुप्चेश्वर गा.पा. मा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्दै ने.वि.प्रा.लाई उत्पादित विद्युत बिक्रि गरिरहेको छ ।
यस कम्पनीको साधारण शेयर सार्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न सम्बन्धित नियमनकारी निकायहरु समक्ष दरखास्त दिई स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।
अपि पावर कम्पनी लिमिटेडले हाल दार्चुला पावर लिमिटेडको बहुमत शेयर खरिद गरी दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
यो आयोजना अबको २० महिनाभित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्दै संचालनमा आउनेछ । त्यसैगरी कम्पनीले नुवाकोट जिल्लामा ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना र दार्चुला जिल्लामा ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ ।
अपि पावर कम्पनीले व्यवसाय विस्तार गर्दै जानेक्रममा पूर्ण स्वामित्व रहेको अपि इन्फ्रा लिमिटेड स्थापित गरी ललितपूर जिल्ला, ल.म.न.पा, झम्सीखेलमा आवासीय भवन निर्माण समेत गरिरहेको छ ।
अपि पावर कम्पनी लिमिटेडको विद्युत आयोजनाहरु
क्र.सं. विवरण उत्पादन (मेगावाट)
१. राष्ट्रिय प्रसारण प्रणालीमा जडित जलविद्युत आयोजनाहरु ५६.५
२. राष्ट्रिय प्रसारण प्रणालीमा जडित सौर्य विद्युत आयोजनाहरु ६.०
३. निर्माणाधीन परवानीपूर सौर्य विद्युत आयोजना ८.०
अपि पावर कम्पनी लिमिटेडको लगानी भएको विद्युत आयोजनाहरु
क्र.सं. विवरण उत्पादन (मेगावाट)
१. राष्ट्रिय प्रसारण प्रणालीमा जडित जलविद्युत आयोजनाहरु २०.७
२. निर्माणाधीन जलविद्युत आयोजनाहरु २८.३०४
३. सर्वेक्षण चरणमा रहेको जलविद्युत आयोजनाहरु ३९.७
अपि पावर कम्पनी लिमिटेडको व्यवसायिक सफलता र यस कम्पनी प्रति आम जनमानस र लगानीकर्ताहरुमा विश्वास निरन्तर बढ्दै गएको छ ।
यसको कारण भनेको स्थापना पछिको दुई दशक बढी समय सम्मको परिश्रम, मिहेनत, व्यवसायिक कार्यकुशलता, व्यवसायिकता तथा लगानीकर्ताहरुको साथ र विश्वासलाई उच्च प्राथमिकतामा राख्नु रहेको छ ।
देशको परिवर्तनले छोटो समयमा भोगेका विभिन्न कालखण्डका आरोह अवरोहहरु बिचबाट सिंगो संस्था र लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न यो कम्पनी सफल रहेको छ ।
अपि पावर कम्पनीले आफ्ना सफल आयोजनाहरु र आगामी कार्ययोजनाहरु बाट सम्पूर्ण लगानीकर्ताहरुलाई थप हौसला र उर्जा प्रदान गर्दै सबैको लगानी सुरक्षित भएको अनुभूति दिलाउनका साथै भविष्यमा समेत लगानीकोे सुरक्षा गर्ने बाटोमा आफ्ना गतिविधिहरु गरिरहेको छ जसको एक ज्वलन्त उदाहरण रुपमा महत्वपूर्ण कदम भनेको यस कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार मिति २०८२/०३/३० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी संस्थाको लागि महत्वपूर्ण सम्पत्ति आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्नको लागि काठमाण्डौं उपत्यकाको मुटुमा अवस्थित नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न गईरहेको छ ।
कम्पनीले उक्त भवन अपि टावर नामाकरण गरी आफ्नै लगानीमा बनाउँदैछ । आज मिति २०८२/०७/२१ गते यस कम्पनीका अध्यक्ष श्रीमती सिर्जना खड्काज्यूले कम्पनीका सम्पूर्ण सञ्चालक ज्यूहरुको उपस्थितिमा केन्द्रिय कार्यालय भवनको सिलान्यास गर्नुभएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय भवनको निर्माण कार्य २ बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालमा निजि उर्जा उत्पादक कम्पनीहरु मध्य थोरै मात्र कम्पनीहरुले आफ्नो लगानीमा केन्द्रिय कार्यालय निर्माण गरेका छन् ।
“यस भवनमा अपि पावर कम्पनी लिमिटेड तथा यसका सहायक कम्पनीहरु रहने छन् । यो भवन अपि पावर कम्पनी र यसका सहायक कम्पनीहरुका शेयरधनीहरुको साझा सम्पती हो र भविष्यमा यस्ता लगानीले शेयरधनीहरुको कम्पनी माथिको विश्वास अझै बलियो हुनेमा दुईमत छैन” अपि पावर कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपाने ले बताउनु भयो ।
For more: API Build Corporate Headquarters in Kathmandu



