युवा र अग्रज कलाकारहरुलाई नियाल्ने अवसरः हिमालयन आर्ट फेस्टिभल

young and veteran artists
Share It On:

२४ भदौ, काठमाडौं । 

नेपालकै गौरवमय कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल’ बबरमहलमा अवस्थित नेपाल कला परिषद्मा यहि मिति २०८१ साल भाद्र २३ गतेदेखि सुरु भएको छ ।

An opportunity to observe young and veteran artists

कार्यक्रम भाद्रको २९ गतेसम्म चल्नेछ । कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर बरिष्ठ कलाकार तथा ललितकला एकेडेमीको पूर्व उपकूलपति शारदा चित्रकारले गरेका थिए ।

हिमालयन आर्ट फेस्टिभलले हरेक वर्ष नेपालमा रहेर नेपाली कलाको विकासमा योगदान पुर्याऊनुहुने मुर्धन्य श्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको छ । यसै क्रममा यस वर्ष वरिष्ठ कलाकार तथा महिला शसत्तिकरणको क्षत्रमा योगदान पुर्याउनु भएको नेपाल ललितकला एकेडेमीका पूर्व उपकूलपति तथा बरिष्ठ कलाकार शारदा चित्रकारलाई सम्मान गरेको छ ।

नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनीको रुपमा यसलाई लिइएको आयोजकको दावा रहेको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्यामा आयोजनामा गर्दै आइरहेको छ ।

यस कला प्रदर्शनीको क्युरेसन सागर मानन्धर र प्रतिमा थकालीले गरेका छन्  ।

यस फेस्टिभलका क्युरेटर प्रतिमा थकाली भन्छन् –‘यस प्रदर्शनीमा विशेषत अग्रज कलाकारहरु र युवा कलाकारहरुको कामलाई तुलनात्मक हिसावले दर्शकले हेर्न पाउनेछन् । जसले हाम्रो कलाको स्तर कहाँ पुगेको छ भनेर समेत हेर्ने एउटा अवसर प्राप्त हुन्छ ।

साथै, कला पारखी तथा अनुरागीहरुले नयाँ पुस्ताको कलाकारका कामहरुलाई समेत मूल्यांकन गरेर आफ्ना घर तथा अफिसका सजाउने हो भने नयाँ तथा युवा कलाकारहरुलाई कला सिर्जनामा थप प्रेरणा मिल्ने थियो ।’

यस कला प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरुले आफ्नो घरमा सजाउनको लागि किन्न सक्ने मूल्यमा विभिन्न कलाहरु राखिएका छन् । जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला तथा पौभा समेत रहेको छ ।

करिब एक सय १५ भन्दा बढी कलाकारहरुको कलाकृति यस प्रदर्शनीमा समावेश गरिएको छ । नेपालका बरिष्ठ देखि युवा पुस्ताका कलाकृतिहरुलाई एकै थलोमा समावेश गरी कला प्रदर्शनी गर्नु आफैमा ठूलो उपलब्धी मान्नुपर्ने कलाकारहरुको भनाइ रहेको छ ।

अर्का क्युरेटर सागर मानन्धरका अनुसार –‘यस कला पर्वमा हाम्रा अग्रज कलाकारहरुले कुनै समयमा लेखन, रंगमञ्च र कलालाई एकै स्थानमा प्रस्तुत गर्ने चलन थियो । आजको दिनमा आइपुग्दा त्यो खाडल अलिक गहिरो भएको महसुस गरेको हुनाले हामीले यस पटक चिक्रकार, साहित्यकार तथा रंगमञ्चका व्यत्तिहरुलाई समेत यस थलोमा समावेश गर्ने जमर्को गरेका छौं ।

यो त्रिशंकु संयोजनले पक्कै पनि आगामी दिनमा कला क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने आशा गरेका छौं ।’

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उहाँहरुको सपोर्ट लिँदै कलाका हरेक विधाहरुलाई समेट्दै आजको दिनमा आइपुग्दा करिब एक सय भन्दा बढी कलाकारहरुको सिर्जनालाई यहाँ प्रस्तुत गरिएको छ ।

यहि कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा वर्षेनी आयोजना भइहरहेको छ ।

यस कला प्रदर्शनीमा बरिष्ठ कलाकारहरु बत्स गोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ लगायत जीवन राजोपाध्याय, लय मैनाली, देवेन्द्र सिंख्वालदेखि नवेन्द्र लिम्बु, मनिष लाल श्रेष्ठ, जुपिटल प्रधान, रविन्द्र श्रेष्ठ लगायत लक्ष्मण बज्र लामा, इसान परियार, सविता डंगोल, कुन्ती श्री थापा, सुन्दर लामा, सुस्मा शाक्य, राम प्रकाश श्रेष्ठ, उजय बज्राचार्य, रोशन डंगोल, पुजा दुवाल, हितेष वैद्य, वाङ लामा लगायत करिब ११५ भन्दा बढी कलाकारहरुका कलाकाकृती प्रर्दशनीमा समावेस गरिएको छ ।

हिमाल, पहाड, तराइका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता यस प्रदर्शनीमा रहेको देख्न सकिन्छ । नेपाल कला परिषद्को ढोकाबाट भित्र छिर्ने वित्तिकै दाहिने हलमा बरिष्ठ कलाकार शारदा चित्रकारको बाल्य अवस्था देखि अहिलेसम्मका कलाकृति हेर्न पाइनेछ । उनी वरिष्ठ कलाकार तेजबहादुर चित्रकारको छोरी हुन् ।

देव्रेपट्टिको हलमा मदन चित्रकार, कृष्ण मानन्धर, रागिनी उपाध्याया, किरणमानन्ध, बत्सगोपाल वैद्य लगायतको चित्रकलाको आनन्द लिन सकिन्छ ।

पहिलो तल्लामा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कलाको आनन्द लिन सकिन्छ भने राजन काफ्लेको प्रतिस्थापन कला कला पारखीहरुको लागि चाखको विषय हुनसक्छ ।

‘जसमा बास छ ध्वंश, निर्माण र विनिर्माण’

शीर्षकमा उनको कला हेर्न सकिन्छ । उनि प्रश्न गर्छन्, इन्धनले भरिएको हबाईजहाज क्षेप्यास्त्रभन्दा कम हुँदो रहेछ त? भान्छामा तिहुन काट्ने चक्कु कसैको घाँटी रेट्नलाई हो र ? बच्चाका खेलौनामा डाईनामाइट हालेर बस्ती ध्वस्त पार्न हो र ? जहाज, चक्कु र खेलौना समस्या हो की दिमाग ?

अर्का कलाकार राजु पिथाकोटेको कलाले हाम्रो जीवन फुलका पत्ताहरु जस्तै रंगीन छ र प्राकृति श्रोतहरुको जगेर्नाले हाम्रो जीवन रंगीन बन्दछ भन्ने भावना व्यक्त गर्दछ । संगी श्रेष्ठले आफ्नो कलामा भावनाहरुको बन्धनले बाँधिएको अन्तरसम्बन्धलाई व्यक्त गर्ने प्रयास गरेकी छिन् ।

कृषा ताम्राको कलामा मौनता भिक्र लुकेको अव्यत्त सौन्दर्यको उजागर गरेकी छिन् । उनको कलाले जीवनमा वेवास्ता गरिएका पक्षहरुमा चिन्तन गर्न एउटा प्रेरणा दिन सक्छ। हाम्रा सम्पदाहरु संरक्षणका लागि हामीलाई कुरिरहेका छन् भन्ने सन्देश समेत दिन खोजेको कलाकार बताउँछिन् ।

सोफिया महर्जनको काम दर्शकहरुको लागि नौलो लाग्न सक्छ । उनले धागोका माध्यमबाट तयार गरेको सिर्जना मानिसहरुको लागि चाखको विषय हुनसक्छ । अर्का कलाकार विशाल महर्जनले सिर्जना गरेको भीमसेनको चित्र आकर्षक देखिन्छ। कलाकार नरेन्द्र लिम्बु भन्छन् –‘यी चिक्रहरु यात्राको त्रममा आउने विचारको गहिराइमा देखिने रंगहरुको श्रृंखलाबाट प्रेरित छन् ।’

कलाकार रविन्द्र श्रेष्ठ आफ्नो कलाको विषयमा यसरी भन्नुहुन्छ–‘विचारहरुको समायोजनबाट अर्को एउटा नयाँ विचार वा कुरा सिर्जना हुन सक्छ । जसरी यहाँ करिब १०० वर्ष पहिलेको डुस्याम्पको ऐतिहासिक काम र २०१२ मा मैले गरेको कामहरुको समायोजनबाट एउटा नयाँ काम दिन खोजेको छु ।’

अर्का कलाकार उद्धवराज रिमाल भन्नुहुन्छ–‘कलाको यो टुक्रा मेरो हालको कलात्मक प्रयोगहरुको अंश हो । मैले नेपाली समसामयिक कला क्षेत्रका फ्रख्यात व्यक्तित्व सुदर्शन वित्रम राणालाई विषय र पात्रको रुपमा उहाँको अनुमतिमा प्रयोग गरें । यस कार्यमा, मैले उहाँलाई प्रत्यक्ष रुपमा चित्रण नगरी विषयको बारेमा मेरा भावनाहरु व्यक्त गर्ने प्रयास गरेको छु ।यहाँ मूलतः व्यक्तित्वको प्रभावलाई कैद र चित्रण गरेको छु ।’

कलाकार रोशन भण्डारी भन्छन्–‘कलाकृतिले महिलाहरुले पाएको साहस र अदुभत भावनाहरुलाई चित्रण गर्दछ । संसार त्रुर छ, हामीले धेरै चुनौतीहरुको सामना गर्छौं । संसारमा सबैजना आफ्नो जीवन र अस्तित्वको लागि लडिरहेका छन् ।

हामी धेरै कामको तनाव, पारिवारिक तनाव र आर्थिक तनावले ग्रसित छौं र फलस्वरुप, हामी हाम्रो जीवनको हरेक पक्षमा असुरक्षित छौं । चाहे उदेश्यपूर्ण होस् वा नहोस् । हामी आमाको गर्भमा हुँदा मात्र सुरक्षित र जोखिमबाट बाहिर थियौं । यो एक ठाउँ थियो जहाँ हामी सुरक्षित थियौं । आमाहरुको मायाँ र हेरचाहको लागि धन्यवाद । यो सुन्दर टुक्रा सबै आमाहरुलाई समर्पित छ जसले सँधै आफ्नो बच्चाहरुको लागि आफ्नो सबै थोक दिए ।’

कलाकारहरु रिती महर्जन, नारायाण भोजु, प्रदिप कुमार बज्राचार्य, सुरेश महर्जन, जगदिश मोक्तान, सुजन श्रेष्ठ, पुजा दुवाल, सुन्दर लामा, हरिओम मेहता लगायत धेरै कलाकारहरुको कलाकृति यहाँ हेर्न पाइन्छ ।

कला परिषद्को माथिल्लो तल्लाको एउटा कोठामा रहेको कलाकार जुपिटर प्रधानको काम र कलाकार महिमा सिंहको प्रतिस्थापन कलाको मज्जा समेत दर्शक तथा कला पारखीहरुले लिन सक्नुहुन्छ ।

For more: An opportunity to observe young and veteran artists


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *