पूजा महतो र इन्दु बर्मा चम्किँदा नेपालले मलेसियामाथि ६ विकेटको सानदार जित निकाल्यो
१८ असोज २०८२, काठमाडौं ।
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ ।
शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो ।
पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले ५० रन बनाएन सफल भइन् ।
नेपालको जितका लागि समु विष्टले दुई विकेट हात पार्दा कविता कुँवरले एक विकेट लिइन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो ।
For more: All-Rounder Puja Mahato Chase Against Malaysia