२१ साउन, काठमाडौं।
महिन्द्राले आफ्नो नयाँ एक्सयूभी ३एक्सओ (XUV 3XO) मोडलमा आधुनिक प्रविधि र सुरक्षालाई प्राथमिकता दिएको छ। यस गाडीमा चालक र यात्रुको सुविधाका लागि विभिन्न नयाँ फिचरहरू समावेश गरिएका छन्।
अत्याधुनिक इन्फोटेनमेन्ट र डिस्प्ले
नयाँ एक्सयूभी ३एक्सओ मा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जुन मनोरञ्जन र कनेक्टिभिटीका लागि उत्कृष्ट छ।
यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले राखिएको छ, जसले सवारीसाधनसम्बन्धी महत्त्वपूर्ण जानकारी स्पष्ट रूपमा देखाउँछ।
बढाइएको बुट स्पेस र प्रिमियम साउन्ड
गाडीको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पुर्याइएको छ, जसले धेरै सामान राख्न सजिलो बनाएको छ। कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम उपलब्ध गराएको छ, जसले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ। साथै, ड्युअल जोन क्लाइमेट कन्ट्रोल पनि समावेश गरिएको छ, जसलाई एड्रेनोक्स (Adrenox) प्रणालीबाट नियन्त्रण गर्न सकिन्छ।
उन्नत सुरक्षा र इन्जिन विकल्प
सुरक्षाका लागि, एक्सयूभी ३एक्सओ मा ईएसपी (Electronic Stability Program), ट्रयाक्सन कन्ट्रोल (Traction Control), आईएसओफिक्स (ISOFIX) र एडास (ADAS – Advanced Driver-Assistance Systems) जस्ता महत्त्वपूर्ण फिचरहरू समावेश गरिएका छन्।
इन्जिनका लागि, नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिन (mStallion G12 TGDi Turbocharged MPFi engine) ले सुसज्जित छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ।
दोस्रो इन्जिनको विकल्पको रूपमा डी१५ भीजीटी (D15 VGT) जडान गरिएको छ, जसले ११७ पीएस पावर र ३०० एनएमको टर्क उत्पादन गर्छ।
ट्रान्समिसनका लागि कारमा ६ स्पिड एलसीन अटोमेटिक (6-speed LCN Automatic) र ६ स्पिड अटोसिफ्ट प्लस (6-speed AutoSHIFT+) विकल्पको रूपमा प्रदान गरिएको छ।
यो कार १.५ लिटर टर्बो डिजेल विकल्पमा पनि उपलब्ध छ।
For more: All-New Mahindra XUV 3XO Launched