दबाबपछि पछि हट्यो वायुसेवा संघ: तीन दिनका लागि भाडा घटाउने

Airline Union Cuts Fares Three Days
Share It On:

१३ असोज, काठमाडौं । 

देश बाढीपहिरोको चपेटामा परिरहेका बेला आफूखुसी भाडा बढाएर विवादमा तानिएका वायुसेवा कम्पनीहरू अन्ततः पछि हटेका छन् । यात्रु र सरकारको चौतर्फी दबाबपछि वायुसेवा सञ्चालक संघले आगामी तीन दिनका लागि हवाई टिकटको भाडा नबढाउने निर्णय गरेको छ ।

Airline Union Cuts Fares Three Days

वायुसेवा सञ्चालक संघले आइतबार बसेको बैठकमा सोमबारदेखि बुधबारसम्म नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम भाडादरमै टिकट बिक्री गर्ने निर्णय गरेको हो । यसअघि, सडक सञ्जाल अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको मौका छोपी वायुसेवा कम्पनीहरूले मनपरी रूपमा भाडा बढाएका थिए ।

संघले हवाई इन्धनको मूल्य घटाइदिन र अन्य शुल्कमा छुट दिन पनि सरकारसँग आग्रह गरेको छ । यसले गर्दा हवाई यात्रुलाई अझ सस्तोमा यात्रा गर्न मद्दत पुग्ने संघको भनाइ छ । साथै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्कलगातका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने उल्लेख गरेको छ ।

संघले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष एरोनटिकल र नन एरोनटिकल चार्ज छुट गरेर बाढी विपद पीडितलाई राहत दिन पनि आग्रह गरेको छ ।

For More:-Airline Union Cuts Fares Three Days

Airline Union Cuts Fares


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *