कृषि विकास बैंकद्वारा चण्डिका देवी मा.वि.लाई भवन मर्मत र रंगरोगनका लागि एक लाख सहयोग
२६ कात्तिक २०८२, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम लाई निरन्तरता दिँदै श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ।
बैंकले मिति २०८२ कार्तिक २५ गतेका दिन चन्द्रागिरी-२, बाडभञ्झ्याङ, काठमाण्डौस्थित श्री चण्डिका देवी माध्यामिक विद्यालयलाई विद्यालय भवन मर्मत तथा रंगरोगन कार्यका लागि नगद रु. एक लाख (१,००,०००/-) बराबरको आर्थिक सहयोग गरेको हो।
शैक्षिक संस्थाको भौतिक पूर्वाधार सुधारमा सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले यो रकम हस्तान्तरण गरेको जनाएको छ। गुणस्तरीय शिक्षाका लागि सुरक्षित र सुन्दर वातावरण आवश्यक रहेको कुरामा बैंक विश्वस्त छ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थिती
उक्त सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमा आयोजित भएको थियो, जसमा बैंक तथा विद्यालयका पदाधिकारीहरूको उपस्थिती रहेको थियो: बैंकको तर्फबाट उप-महाप्रबन्धक, मिनराज पोखरेल, विभागीय प्रमुख बिना शर्मा, प्रबन्धक दिल बहादुर श्रेष्ठ वरिष्ठ शाखा अधिकृत गिता नेपालको उपस्थिती थियो ।
विद्यालयको तर्फबाट श्री चण्डिका देवी माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बैंकका प्रतिनिधिहरूले यस्ता सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे भने विद्यालय परिवारले बैंकको यस उदाहरणीय कार्य प्रति आभार व्यक्त गरेको छ।
For more: ADBL Support Chandika Devi School for Renovation



