१८ साउन, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडको सातदोबाटो शाखा अब सातदोबाटो चोकबाट पूर्वतर्फ रहेको सेल्सबेरी मार्ट भवनमा सरेको छ। यस शाखाको औपचारिक स्थानान्तरण तथा उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गर्नुभयो।
स्थानान्तरण कार्यक्रममा शाखा प्रबन्धक बलिराम पुर्वे, उपमहाप्रबन्धक प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, मीन राज पोखरेल, शुसिल हुमागाई लगायत भौतिक सम्पत्ति तथा नयाँ परियोजना विभागका वि.प्र. माधव रिजाल, डिजिटल बैंकिङ्ग विभागका वि.प्र. गिरी राज रेग्मी, बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापा मगर, मार्केटिङ एण्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुख खेटराज दाहाल र जिवराज बम, शाखा मंगल बजारका प्रबन्धक जर्नादन न्यौपाने साथै प्रदेश तथा शाखाका कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो।
शाखा प्रबन्धक बलिराम पुर्वेका अनुसार, पहिलेको स्थानमा सेवा प्रवाहमा असहजता भएकाले ग्राहकहरुलाई अझै सहज र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ स्थानमा शाखा सारिएको हो।
कृषि विकास बैंकले हाल देशका ७७ वटै जिल्लामा २७१ वटा शाखा कार्यालय र १२९ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
For More:-ADBL Satdobato Branch Relocation Salesberry