विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल
११ चैत, काठमाडौँ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभाग स्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो ।
अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिएकी थिइन् ।
विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरूको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवरणहरूको स्वतः वितरणका विषयमा कार्यवाहक डंगोलले जानकारी माग गरिन् ।
त्यस क्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिका विषयमा जानकारी गराउँदै यस अघि तयार र सञ्चालन गरिएका प्रणालीलाई एकीकृत गराउने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा इहाजिरी कार्यान्वयन गर्ने, सिसिटिभी जडान, इहाजिरी, इशिफारिस, ई टिप्पणीलाई प्रभावकारी कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गरिन् ।
महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी गराएकी थिइन् । जग्गा प्रशासन कार्यान्वयन चरणमा छ । घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुनेछ चरणमा छ ।
त्यस क्रममा सूचना प्रविधि अधिकृत माधव खनालले, सफ्टवेयर डिभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेका कामका विषयमा जानकारी गरएका थिए ।
For More:-Acting Chief Dangol Monitoring


