स्मार्ट च्वाईस टेक्नोलोजिजले 3DS Access Control Server (ACS) सेवा सुरु गर्यो
२० भदौ, काठमाडौं।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरु गरेको छ ।
ACS विश्वव्यापी 3D Secure प्रोटोकलको एक महत्वपूर्ण अङ्ग हो, जसले कार्डधारकलाई अनलाइन कारोबार गर्दा प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यसले डिजिटल भुक्तानीमा ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्नेछ ।
Global IME Bank र NMB Bank आबद्ध
यस सेवामा आबद्ध हुने पहिलो बैंकका रूपमा Global IME Bank रहेको छ । त्यसपछि NMB Bank समेत यो सेवामा आबद्ध भइसकेको छ । यी सहकार्यहरूमार्फत दुवै बैंकका कार्डधारकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउने भएका छन् ।
डिजिटल भुक्तानीमा नयाँ प्रगति
SCT को यो पहल नेपालमा डिजिटल भुक्तानी क्षेत्रको नयाँ प्रगतिका रूपमा मानिएको छ । यसले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी प्रक्रियामा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा ठोस योगदान पुर्याउनेछ ।
नगदविहीन अर्थतन्त्रतर्फको टेवा
यस सेवाले ग्राहकको डिजिटल च्यानलप्रतिको विश्वास बढाउने मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूको सुरक्षा मापदण्डसँग नजिक ल्याउने अपेक्षा गरिएको छ । साथै, यसले नेपाललाई नगदविहीन अर्थतन्त्रतर्फको यात्रामा पनि महत्त्वपूर्ण टेवा पुर्याउनेछ ।
For more: ACS Service in Nepal