आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न
११ असोज २०८२, काठमाडौं।
अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरु बारे अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।
हाल संस्थाले जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरेको अध्यक्ष अंगाईले वताए ।
साथै आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तर्गत एयरलाइन्स र हेलिकप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवा प्रवर्धनमा आँफुहरुले लगानी गर्ने योजना बनाएको उनले बताए ।
त्यसका लागी विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने समेत उनले जानकारी दिए । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
होल्डिङसको सञ्चालकहरु श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन ।
साधारणसभामा संस्थाका सल्लाहकारहरु प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाको आगामी दिन र व्यवसायीक सफलताका लागी शुभकामना समेत दिएका थिए ।
For more: Aaryatara Holdings 1st AGM Concludes