एनआईसी एशियाद्वारा कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

NIC Asia Discount Plans
Share It On:

१९ असार, काठमाडौं।

एन आई सी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै, आर्थिक शिथिलताको कारण प्रभावित कर्जा ग्राहकहरुलाई सहयोग पुर्याउन २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याजमा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ, यदि सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्र चुक्ता गरियो भने।

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन १५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३६५ दिनभन्दा बढि  ३५ प्रतिशत

 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *