सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द

automatic cancellation licenses internet
Share It On:

२ असार, काठमाडौं।

सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स स्वतः रद्द भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै एक सूचना जारी गर्दै तोकिएको समयावधिभित्र नवीकरण नगर्ने कम्पनीको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको हो।

दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले उक्त सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ ।

यस अन्तर्गत बशिष्ठ केबल नेट प्रालि मोरङ, इन्फो नेट टेक्नोलोजी प्रालि मोरङ, सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि जुम्ला, एसिया नेट कम्युनिकेशन प्रालि झापा, फास्ट स्पिड लिंक नेटवर्क  प्रालि गुल्मी, यस नेट नेपाल प्रालि धनुषा र मिथिला डिजिटल नेपाल प्रालि काठमाण्डौको लाइसेन्स स्वत रद्द भएको छ ।

साथै स्वतः लाइसेन्स रद्द भएका सेवा प्रदायकहरुले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न/बुझाउन पर्ने रकम यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र जम्मा गर्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।

Here is the details Information: Click Here

automatic cancellation license


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *