एन्पिनोग (npNOG) ले पोखरामा सूचना प्रविधि कार्यशाला गर्ने

npnog banner

२२ पुस २०७९, काठमाडौं।

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही माघ ८ देखि १० सम्म “npNOG-7” नामक ३-दिने कार्यशाला पोखराको होटेल बाराहीमा आयोजना गर्ने भएको छ ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा तालिम संचालन हुनेछ ।

Internet Exchange Nepal (NPIX) तथा Nepal Network Operators Group (NPNOG) ले संयुक्त रुपमा संचालन गर्ने उक्त कार्यशालाका बिषयहरु 1) Network Administration र 2) System Administration रहेका छन् । उक्त तालिम कार्यक्रममा सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करीब १०० जनाले भाग लिनेछन ।

NPIX का प्रबन्ध निर्देशक रुपेश भक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधि क्षेत्रमा लागेका समुदायको परस्परको ज्ञान आदान प्रदानमा सहयोग पुग्ने तथा कार्यशालामा ब्यवसायिक बिज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिने जानकारी दिनु भयो। NPNOG का अध्यक्ष समित जनले NPNOG कार्यक्रम बर्षको दुई पटक गर्ने र सो मध्य एक काठमाडौंमा र अर्को काठमाडौं बाहिर गर्ने जानकारी दिनु भयो । साथै देशको लागि सक्षम ब्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा NPNOG को भुमिका सधै उच्च रहने प्रतिबध्दता दिनु भयो ।

यस कार्यक्रममा  नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) , ISP Association of Nepal (ISPAN), नेपाल इन्टरनेट foundation (NIF) सहित APNIC र ICANN जस्ता अन्तरराष्ट्रिय संगठनहरूले पनि सहयोग गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here