टेलिकमको सहयोगमा भूकम्प प्रभावित जिल्लाका विद्यालयमा आईसीटी सेन्टर स्थापना

Share It On:

भूकम्पबाट प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमले सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर० को  स्थापना गरेको छ। विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा घण् न्द्य डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ।

नेपाल टेलिकमले सगरमाथा मा.वि. ओखलढुङ्गा, शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी रहेको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले गत आ.व. २०७२÷७३ मा पनि पशुपति कन्या मा.वि. चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मा.वि. मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मा.वि. छत्रेदेउराली धादिङ, रसुवा उच्च मा.वि. धुन्चे रसुवा र विन्द्रावति उच्च मा.वि. मसेल गोरखामा यस प्रकारको आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन समेत u/]को छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय टेलिकमले गरेको थियो ।

जस अनुसार ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । उक्त आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *