बागलुङमा सूचना प्रविधि सम्मेलन हुने

Share It On:

बागलुङमा सूचना प्रविधि सम्मेलन हुने, बागलुङ, ६ असार

बागलुङ जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी पहिलो पटक सूचना प्रविधि सम्मेलन (आईसीटि सेमिनर) हुने भएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ बागलुङ शाखाको आयोजनामा जनप्रतिनिधिलाई स्मार्ट भिलेज, डिजिटल सिटी, ई–गर्भरमेन्ट, डिजिटल सिक्नेचर र साईबर सुरक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले असार ९ गते बागलुङ बजारमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा १० स्थानीय तहका प्रमुख उपप्रमुख, बागलुङ नगरपालिकाको १४ वटै वडाका अध्यक्ष, स्थानीय तहका कार्यकारी अधिकृत, जिल्ला स्थित विषयगत कार्यालयका प्रमुख तथा सामाजिक संघ संस्थाका प्रतिनिधि गरी एक सय ५० जनाको सहभागीता रहेको क्यान बागलुङ शाखाका अध्यक्ष कुमार पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
कार्यक्रम संचालनका सांसद विकासकोष (संसाद चम्पादेवी खडका) को तर्फबाट ५ लाख र कम्प्युटर एशोसिएसन नेपाल महासंघ केन्द्रीय समितिबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको क्यानका केन्द्रीय सदस्य अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
सम्मेलन सहजिकरणको लागि विप्लवमान सिंह, विनोद ढकाल सहभागीता रहेको बताइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सूचना र प्रविधि युक्त नगरपालिका र गाउँपालिका निर्माणकोलागि क्यानले सुरु गरेको अभियान अत्यन्त नयाँ र समय सापेक्ष भएको सवैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।
Source:Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *