के–के मार्टमा NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक

10% Cashback at KK Marts
Share It On:

२३ असोज, काठमाडौं ।

काठमाण्डौं, चाडपर्वको समयलाई मध्यनजर गर्दै ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र के–के मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरेको छ ।

10% Cashback at KK Mart

यस योजना अन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्टआइपीएसका प्रयोगकर्ताहरुले के–के मार्टका सबै आउटलेटहरुमा NEPALPAY QR गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटक सम्म क्यासब्याक प्राफ्त गर्न सक्नेछजन् । के–के मार्टमा Dynamic QR को रुपमा उपलब्ध रहेको NEPALPAY QR मा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्टआइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।

चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल NEPALPAY QR मोबाइल बैंकिङ्ग एप, वालेट तथा कनेक्टआइपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QR मा ६ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

For more: 10% Cashback at KK Mart on payment with NEPALPAY QR


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *