साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share It On:

काठमाडौं, ४ भदौ

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
साईबर अपराध अनुसन्धानको क्रममा सो सम्बन्धी सूचना प्राप्त गर्न कठिन रहेको अवस्थामा सरोकारवाला निकायबीच समन्वय गरी तुरुन्त सूचना पाउन सक्ने वातावरण सिर्जना गर्न तथा आगामी कार्यदिशा बनाउन अन्तरक्रिया महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद साँखीले सूचना प्रविधि विधेयक, नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर अजित रेग्मीले वित्तिय क्षेत्रमा सुरक्षा सम्बन्धी नीति तथा चुनौति, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले साईबर सुरक्षा सम्बन्धमा नियामक निकायको भूमिका र नेपाल बैंकर एसोसियसनका प्रतिनिधि सुजित श्रेष्ठले बैंक तथा वित्तिय संस्थाको वर्तमान साईबर सुरक्षाको अवस्था लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरण पश्चात भएको खुल्ला छलफलमा प्रोफेसर डा. मनिष पोखरेल, संचार तथा सूचना प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु लगायतले साईबर सुरक्षा सम्बन्धि आगामी कार्यदिशाका सम्बन्धमा विचार प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक‍ डा. राजिव सुब्बाले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक‍ सुनिलकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, सूचना प्रविधिको क्षेत्रमा कार्यरत विषशेज्ञहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts