क्यान महासंघले कर्णालीका ७ जनालाई निःशुल्क विएससी आईटी पढाउने
सुर्खेत-कर्णाली प्रदेशबाट सात जनाले प्राविधिक शिक्षामा स्नातक निःशुल्क पढ्न पाउने भएका छन्। बढ्दो प्रविधिसँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कम्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले कर्णालीका सात जनालाई निःशुल्क सूचना प्रविधि विषय (विएससी आईटी) पढाउने भएको हो।
महासंघको रजत वर्षको अवसरमा सञ्चालन गरिएको ‘क्यान नेसनल आईसीटी: कलरसीप–२०७५’ अन्तरगत कर्णालीका गरिव र जेहेन्दार विद्यार्थीलाई काठमाडौंमा निःशुल्क पढ्न पाउने भएका हुन। सूचना प्रविधिमा विद्यार्थी आकर्षण बढाउन गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी विभिन्न छात्रवृत्ति घोषणा गरिएको हो।
छात्रवृत्तिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित उच्च मावि अर्थात सो सरह उत्तिर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । साथै कक्षा दशको गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने पाउने छन्।
कक्षा १२ को परीक्षा दिई बसेका विद्यार्थीलेसमेत आवेदन दिन पाउनेछन्। छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको जिल्ला शाखा तथा महासंघको वेबसाइट धधध।अबल।यचन।लउ बाट आवेदन दिन सक्ने छन्।
Advertisement
आवेदन दिन इच्छुक विद्यार्थीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, फोटा, कक्षा १० र १२ को लव्धांक पत्रको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेश गर्नुपर्ने छ।
क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सबै जिल्लास्तरमा छनौंट र प्रदेशस्तरबाट छनौट समितिबाट सिफारिस गरिने बताए।क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बद्ध एकजुकेसन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आइटीको अध्ययन गर्न पाउने बताए।
लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा महासंघले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँको छात्रवृत्ति घोषणा गरेको जनाएको छ।
आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरि दिएको जानकारी अनुसार प्रत्येक प्रदेशका एक छात्रालाई पूर्ण र ६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने भएको हो।

