क्यान महासंघ बाँके को आयोजना मा आइ. सी. टि.(ICT) तालिम सम्पन्न
नेपालगन्ज । २०७५।०९।२६ गते, क्यान महासंघ बाँकेको आयोजना तथा जिल्ला प्रहरी बाके को सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाकेका मातहतका प्रहरी लाइ सूचना प्रबिधि बाट अपराध अनुसन्धानमा सहयोग पुरयाउने उदेश्य ले आइ. सी. टि.(ICT) तालिमको सम्पन्न भयको छ ।

सात दिन सम्म चलेको उक्त तालिममा ६ दिन कार्यालयमा उपयोगी हुने कम्प्युटर तालिम नेपालगंजमा डेल्टा कम्प्युटरका दिपेश महतो ले र होराइजन टेक्निकलका ओस्कार गाह ज्यु ले प्रसीक्षण दिइयका थिय भने १ दिन सी.सी.टि.भी सर्विलांस सम्बन्धि तालिम तारिक बशीर ज्यु ले प्रदान गर्नु भयको थियो ।
Advertisement

जिल्ला प्रहरी कार्यालयको सभा हल मा सम्पन उक्त तालिम मा बोल्दै जिल्ला प्रहरी प्रमुख श्री अरुण पौडेल ज्यु ले आज को आइटीको युगमा क्यान महासंघ बाके ले गरेका कार्य हरुको मुक्त कण्ठले तारिफ गर्नुभयो अपराध अनुसन्धान मा सहयोग तथा प्रहरीको ससक्तिकरण का लागि संचालित यो तालिम आगामी दिन मा बृहत तरिकाले क्यान महासंघ बाँके शाखा संग सहकार्य गरेर जाने बताउनु भयो ।

क्यान महासंघ बाके शाखाका अध्यक्ष श्री भोजराज तिमिल्सिना को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम मा क्यान महासंघ प्रदेश न ५ प्रमुख धुर्ब राज शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष श्री संजय थापा ज्यु को बिशिस्ट अतिथि लगायतले बोल्नुभएको थियो क्यान महासंघ बाके शाखा का कोषध्यक्ष श्री उपमा रेग्मी ज्यु ले स्वागत गर्नुभयको थियो भने कार्यक्रम संचालन सचिब शिशिर नारायण श्रेष्ठ ज्यु ले गर्नुभयको थियो

