अनलाइनबाटै भिसा सुविधा उपलब्ध गराइने

Share It On:

१५ जेठ, काठमाडौं । 

अध्यागमन प्रणालीको स्तारोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइनबाटै भिसा दिने सुविधा उपलब्ध गराइने भएको छ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

साथै उनले स्टार्टअप व्यवसायमा काम गर्ने तथा लगानीकर्तालाई निःशुल्क आवासीय भिसा र नेपालमा बसेर विदेशी कम्पनीको लागि काम गर्नेलाई डिजिटल रूपमै भिसा उपलब्ध गराइने उल्लेख गरेका छन्।

 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *