‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ सुरु प्रि–समिट वर्कसप सम्पन्न

Share It On:

काठमाडौं । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)को आयोजनामा नेपालमै पहिलोपटक ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ सुरु गरिएको छ । समिटको पहिलो दिन शुक्रबार, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्रि–समिट वर्कसप आयोजना गरिएको छ ।

global cyber summit workshop 2018
gcss 2018 nepal

वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए । यो अवसरमा सिस्को, इसी काउन्सिल, चेक प्वइन्ट सफ्टवेयर टेक्नोलोजिज, लग प्वइन्ट, पेनटेस्टर कम्युनिटी, वाप्स कम्युनिटी, लावा लगायतका संस्थाहरmबाट विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, सूचना तथा प्रविधि विभाग, नेपाल टेलिकम, राष्ट्रिय सुचना प्रविधि केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै विभिन्न शैक्षिक संस्थाहरुको तर्फबाट सहभागीता रहेको थियो ।
यो अवसरमा ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा ह्याकाथन आयोजना गरी उत्कृष्ट सहभागीहरुलाई पुरस्कृत गरियो । साइबर सुरक्षामा देखापरेका चुनौती र यसबाट बच्ने उपायका विषयमा सहभागीलाई विभिन्न सुरक्षा संयन्त्र प्रयोगका व्यवहारिक ज्ञान र सिप प्रदान गर्नु यस कार्यक्रमको उद्देश्य हो । यसैबीच कार्यक्रमको दोस्रो दिन शनिबार होटल ¥याडिसनमा ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना हुन गइरहेको छ । सो समिटमा देश विदेशका साइबर विज्ञ तथा जानकारहरुको सहभागिता रहनेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *