प्रहरी महानिरीक्षकको उपस्थितिमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

Share It On:

काठमाडौं, २६ पुस
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा. रामहरि सुवेदीद्वारा साइबर सुरक्षा सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।


कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइवर सुरक्षा अभियान निकै नै महत्वपूर्ण र प्रहरी संगठनका लागि फलदायी भएको चर्चा गर्दै महत्वपूर्ण जानकारीका लागि प्रोफेसर डा. सुवेदीप्रति आभार व्यक्त गर्नुभयो । साइबर सुरक्षामा अन्य निकाय भन्दा नेपाल प्रहरीको दायित्व अझै बढी भएकोले कार्यक्रमका विषयवस्तुबाट बढी भन्दा बढी फाइदा लिई व्यवहारमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रस्तुतीकरणबाट धेरै कुरा बुझ्ने मौका पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साइबर सुरक्षासँग सम्बन्धीत प्रहरी कर्मचारीहरुले उहाँसँग आवश्यक समन्वय गरी थप कुरा सिक्ने प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो । साइबर सुरक्षासँग सम्बन्धीत बिषयवस्तु अति उपलब्धिमूलक रहेकोले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रोफेसर डा. सुवेदीबाट प्रहरी संगठनले समय पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रोफेसर डा. सुवेदीले Developing Cyber Security Awareness Framework प्रस्तुत गर्दै आफ्नो देशव्यापी साइबर सुरक्षा अभियानमा नेपाल प्रहरीबाट प्राप्त प्रोत्साहन र सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिनुभयो । जनस्तरमा यस अपराध बारेको वर्तमान अवस्था औंल्याउँदै उहाँले कसरी सावधानी अपनाउने सम्बन्धमा प्रस्तुतीकरण गर्नुभयो । साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउन सके साइबर अपराध न्यूनिकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
प्रस्तुतीकरण कार्यक्रममा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *