August 2, 2016 शिक्षा प्रविधिको आयोजनामा जर्ब फाउन्डेसन वर्कसप सम्पन्न Reporter Chiranjibi Adhikari समाचार Share It On:शिक्षा प्रविधि नेपालको आयोजनामा बागबजार स्थित कलेज अफ होलेस्टिक एडुकेसनमा जर्ब फाउन्डेसन (Zurb Foundation)सम्बन्धि वर्कसप सम्पन्न भएको छ। Zurb Foundation रेस्पोन्सिभ वेब साइट डिजाइनको लागी बनाइएको CSS फ्रेम वर्क हो . यसबाट छोटो समयमा स्तरीय मोबाइल फ्रेन्डली वेबसाइट डिजाइन गर्न सकिने प्रशिक्षक सुरेश खडकाले दिनु भयो। Advertisement आइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा मञ्चको रुपमा रहेको शिक्षा प्रविधि नेपालले मंगलबार उक्त वर्कसप आयोजना गरेको हो । सो वर्कसप मा स्नातक र स्नाकोत्तरका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । शिक्षा प्रविधि नेपालका अध्यक्ष सुरेन्द्र बटालाका अनुसार आइसिटी अध्ययनगर्ने विद्यार्थीको पाठ्यक्रमको शिक्षा बाहेक पनि वर्तमान् आइटी उद्योग तथा बजारको मागअनुसारको वेब डिजाइनर तयार पार्न यो वर्कसप गरिएको र यस्ता विभिन्न व्यवहारिक वर्कशपले बर्तमान आइटी उधोगको माग अनुसारको जनशक्ति तयार गर्न केहिहद सम्म सहयोग गर्ने जानकारी दिनु भयो। बटालाले आगामि दिनमा पनि डेभलपर्सहरुसँगको सहकार्यमा आइसिटी पठनपाठन हुने विभिन्न कलेज तथा क्याम्पसहरुमा यस्ता कार्यक्रम गर्ने योजना रहेको जानकारीदिनु भयो। Share It On:
Top News, बैंकिङ/बिमा, विशेष(Front-Center), समाचार सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा
टेलिकम, विशेष(Front-Center), समाचार नेपाल प्रिमियर लिग २०२५: भारत बाहेकका देशमा DishHome Go मार्फत मात्रै आधिकारिक OTT प्रसारण
विशेष(Front-Center), समाचार, सूचना प्रविधि नेपालको आईटी क्रान्ति: एआई, साइबर सुरक्षा र विश्व बजारमा नेपाली युवाको भविष्य, सूचना प्रविधि विज्ञ