वीरगंजमा क्यान इन्फोटेक मेला आजबाट सुरु

वीरगंज, पुष २७ – क्यान महासंघको आयोजनामा प्रदेश नं. २ लाई आईटिको हव बनाउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, पर्सा को आयोजनामा वीरगंजको टाउन हल (नगर सभा गृह) मा सुरु भएको प्रदेश नं. २ कै पहिलो संस्करणको क्यान इन्फोटेक मेलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा ५० भन्दा बढि स्टल रहेका छन् ।

मेलाको एक समारोहकाबीच उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजयकुमार सरावगीले विकासमा आईटि आजको सबै भन्दा महत्वपूर्ण पक्षहरु मध्ये एक रहेको बताए । उनले आईटिको सहयोगले आज विश्व साँगुरो भएको र घन्टौं लाग्ने काम अब केहि मिनेट मै गर्न मिल्ने भएकाे छ ।

मेयर सरावगीले वीरगंज महानगरपालिकालाई आईटिको हव बनाउने योजनालाई महानगरपालिका कार्यालयबाट पूर्ण सहयोग प्राप्त मिल्ने उनलेे बताए । “वीरगंज महानगरपालिकालाई आईटि हव बनाउने योजनालाई हामि पूर्ण रुपले सहयोग गर्नेछौं, यसकालागि आयोजक संस्था संग आवश्यक समन्य गर्ने तिर हामि छिटै लाग्छौं’।

क्यान महासङ्घ पर्साका अध्यक्ष आलोककुमार चौरसियाले सूचना प्रविधि क्षेत्रको विकासमा तिनै तहको ध्यान जानुपर्नेमा जोड दिए । उद्घाटन समारोहमा भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत विसी प्रधान, पटेर्व सुगौली गाउँपालिकाका प्रमुख विजय चौरसिया, क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसिया, क्यानका अन्य पदाधिकारीलगयातले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक डाइनामिक इनोटेक रहेका छन् । त्यस्तै गोल्ड स्पोन्सर–भायनेट, सिल्भर स्पोन्सर– लर्ड बुद्ध एडुकेसन फाउन्डेसन रहेको छ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ-नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई ५० र विद्यार्थीलाई ३० रूपैयाँ तोकिएको छ । क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासङ्घका पर्सा अध्यक्ष चौरसियाले जानकारी दिए । कार्यक्रम आगामी पुष ३० गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here