रौतहटमा प्रदेश स्तरीय आइटी सम्मेलन

ICT SEMINAR 2018 RAUTAHAT

रौतहट ३ भदौ , २०७५

कम्प्यूटर एसोसिएसन नेपाल महासंघ रौतहट शाखाले शनिबार चन्द्रनिगाहपुरमा साईबर सुसरक्षा एवं स्मार्टसिटी सम्वन्धि प्रदेश स्तरीय गाष्ठिको आयोजना गरेको छ ।

CAN Federation Ratauhat

साईबर सुरक्षा एवं स्मार्टसिटी सम्वन्धि प्रदेश स्तरीय गोष्ठिमा सुचना प्रबिधिको क्षेत्रमा काम गर्ने बिज्ञ, ब्यापारी, कर्मचारी, शिक्षक तथा यस संग सम्बन्धीतको छाता संगठनका प्रतिनिधिहरु सहभागी थिए । क्यान महासंघको २ नम्बर प्रदेश कमिटीको आयोजना तथा क्यान महासंघ रौतहट शाखाको आतिथ्यमा कार्यक्रमको आयोजनाग गरिएको हो ।

अधिकांश नेपालीले अपरेटिङ सिस्टम निशुल्क संचालन गर्ने हुनाले इन्टरनेट मार्फत हुने ह्याकिङले नेपालको साईबर सुरक्षा माथि प्रश्न चिन्ह खडा गरेको साईबर सुक्षा कमिटिका अधिकारी रुपेन राजकर्णिकारले बताए ।

 ‘प्रयोगकर्ताहरुमा जानकारीको अभाव साधन र सिस्टम संचालन कारणले पनि समस्या देखा परेको छ,’उनले भने,‘प्रविधिको विकासको गति सगै जीवन जिउन पनि सहज भएको छ । तर चुनौतिमा रहेको साईबर हमलाले थुप्रै संघ संस्था, व्यवसायिक प्रष्तिठान, कम्पनी, सर्वसाधारण आफनो कम्प्युटरलाई कसरी बचाउने भन्ने चिन्तामा छन ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here