नोभा इन्टरनेशनलद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

nova international institute

पोखरा, ७ भदौ ।

नोभा इन्टरनेशनल इन्स्टिच्यूट प्रा. लि. महेन्द्रपुलले पोखरा लेखनाथ ३३, उपल्लोपुदी कास्कीको श्री जन जागृती आधारभूत विद्यालयलाई ४ थान कम्प्यूटर  सहयोग गरेको छ ।

क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलको प्रमूख आतिथ्यता रहेको उक्त कार्यक्रमको सहजकर्ता सिटी सेन्टर, न्यूरोडका राम राइ थिए । नोभा इन्टरनेशनल इन्स्टिच्यूटका म्यानेजिङ डाईरेक्टर सवि शेरचन र कार्यक्रमका प्रमुख अतिथी पौडेलद्वारा विद्यालयका प्रधानध्यापक राम बहादुर पुन र समाजसेवी दिल बहादुर पुनलाई कम्प्युटर सेट हस्तान्तरण गरिएको हो ।

विगत १४ वर्ष अगाडीबाट कम्प्यूटर शिक्षा लगायत जापानीज, कोरियन र अंग्रेजी भाषा अध्ययनको लागि सेवा दिदै आएको नोभा इन्टरनेशनल इन्स्टिच्यूट गरिव तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्दै समाज सेवामा र सहयोगमा आनन्द आउने वताउने डाईरेक्टर सवि शेरचन ओम विकास तथा देउ कुमारी गौचन स्मृती प्रतिस्ठानको संस्थापक अध्यक्ष समेत भई शिक्षा क्षेत्रमा प्रोत्साहनका कार्य गरेको वताइन् । साथै प्रदान गरिएका कम्प्युटरमा कुनै प्राविधिक समस्या आएमा निःशुल्क समस्या हल गरिदिने समेत बताइन् ।

प्रमुख अतिथी पौडेलले सरकारी विद्यालयका शिक्षकले आफुले दिएको शिक्षामा आफै विश्वास गर्न नसकि छोराछोरी निजी विद्यालयमा पठाउने गरेको बताए । निजी विद्यालयमा गुणस्तर हुँदा हुदै पनि अभिभावकको हेराइमा परिवर्तन हुन नसक्ने कारणले गर्दा विद्यार्थीको संख्या र गुणस्तरमा सुधार आउन नसकेको बताउदै पढ्ने तथा पढाउने दुवैको लागि कम्प्युटर शिक्षा अनिवार्य भएको र देशको शुशासन तथा विकासमा सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको पौडेलले बताए । नोभाको आप्mनै हलमा संचालन गरिएको कार्यक्रम सवि शेरचनको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत  नोभाका कम्प्यूटर प्रशिक्षक विमल रानाले गरेका थिए ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here