टेलिकमको डाटा प्याकेजमा सहुलियत अफर, साउन २८ सम्म पाइने

Share It On:

नेपाल टेलिकमको डाटा प्याकेजमा सहुलियत अफर, साउन २८ सम्म पाइने

२ जेठ, काठमाडौं । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराएको १ सय वर्ष पूरा भएको अवसरमा नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन देखि शुरु भएको कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहने छ ।

कम्पनीले फोरजी डाटा प्याकेज जिएसएम सेवा, अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरु यस्तो अफल ल्याएको हो ।

त्यसैगरी १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ ।कम्पनीका अनुसार फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *