गुगलले ल्यायो अनहब राउटर

Author: Ajay Sharma

तपाईले ल्यापटप वा मोबाईलमा वाइफाई इन्टरनेट चलाउँदा राउटरका कारण समस्या त भएको छैन ? अब यो समस्याको समाधान सहजै गुगलले गर्ने भएको छ । तीव्र गति र अटुट रूपमा वाइफाई चलाउन सहयोगी हुने गुगलले अनहब राउटर ल्याएको छ ।
क्यालिफोर्नियास्थित टिपिलिङ्क कम्पनीले डिजाइन गरेको यो राउटरले तीव्र गतिमा चल्ने विभिन्न टिभी च्यानलको प्रसारणलाई समेत सहजता प्रदान गर्ने बताइएको छ । यो राउटर अहिलेसम्मकै भरपर्दो, सुरक्षित, तीव्र गतिको, मोबाइल एपबाट निर्देशन गरेर चलाउन सकिने गुगलले जनाएको छ ।
राउटरमा माइक तथा रेडियो स्पिकर सुविधा पनि उपलब्ध छ । साथै यसमा स्मार्ट सफ्टवेयर समेत रहेकाले राउटरको माध्यमबाट कुराकानी समेत गर्न सकिन्छ । राउटरमा इन–बिल्ट एन्टेनाहरु रहेका छन् जसले द्रुत गतिमा ठूलो डाटाहरु डाउनलोड गर्न तथा मुभी स्ट्रिमिङ गर्न यो राउटरले प्रभावकारी काम गर्न सक्दछ । यो राउटरले प्रतिसेकेन्ड ३ सय मेगावाइटसम्म डाटा सहजै उपलब्ध गराउँछ ।
सिलिन्डर आकारमा उपलब्ध हुने यो राउटरको मूल्य गुुगल स्टोर, एमेजोन डट कम र वालमार्ट डटकमबाट प्रि अडर गर्दा लगभग २ सय डलरमा किन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here