गुगलको गल्तीका कारण जापानको इन्टरनेटमा अवरोध

गुगलले जापानमा शुक्रबार भएको इन्टरनेट अवरोध आफ्नो गल्तीका कारण भएको स्वीकार गरेको छ । इन्टरनेटको अवरोधले जापानमा अनलाइन बैंकिड, रेलवे टिकट भुक्तानी सेवा तथा गेमिङ साइटहरु समेत प्रभावित भएका थिए ।

जापान टाइम्सका अनुसार चर्चित कम्पनी निन्टेन्डो तथा इस्ट जापान रेलवे कम्पनी पनि इन्टरनेट अवरोधबाट प्रभावित भए । जापानी इन्टरनेट सर्भिस प्रोभाइडरकोमा जानुपर्ने वेब ट्राफिक गुगलमा पठाइएका कारण यस्तो अवरोध भएको हो । किनकी गुगलले थर्ड पार्टी नेटवर्कस्लाई ट्रान्जिट प्रदान गर्न सक्दैन ।

नेटवर्क कन्फिग्यूरेसन एररका कारण केही समय जापानमा विभिन्न क्षेत्रमा इन्टरनेट अवरोध भएको थियो । गुगलका प्रवक्ताका अनुसार यस्तो एरर जम्मा ८ मिनेट मात्र कायम रह्यो । तर जापनमा कतिपय क्षेत्रका इन्टरनेट सेवा सुचारु हुन चाहिँ घण्टौँ लागेको थियो ।

५ करोड भन्दा बढी प्रयोगकर्ता रहेको जापानको मुख्य टेलिकम प्रोभाइडर एनटीटी कम्युनिकेसन कर्पको ट्राफिक गुगलको कन्फिग्यूरेसन एररका कारण कसरी हाइज्याक भयो भन्ने विषयमा जापानको गृह तथा संचार मन्त्रालयले छानविन थालेको छ ।
बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here