ओपो रेनोटु एफमा डल्बीको संयोजन

OPPO X Qualcomm

हवाई, डिसेम्बर ४, २०१९

ओपोले डिसेम्बर ३ का दिनआयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितमा सन् २०२० को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्याग शिप फाइभ जी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ । यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनो थ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष, एलेन वु क्वालकम स्न्यापड्रागन टेक समिटमा किनोट स्पिच दिँदै ‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्रा उपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभ जी स्मार्टफोन पस्कँदै छौँ । स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्री प्रो ले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिनफर्म फ्याक्टरमा अभुत पूर्व अनुभव पस्कन सघाउने छ । भविस्यमा थप फाइभ जी उत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्त मात्रामा विश्वभर फाइभ जी अंगिकरण गर्न तेवा पु¥याउने मा हामीआशावादी छौँ ।’, ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष, एलेन वुले भने ।

अभूत पूर्व स्न्यापड्रागन फाइभ जी मोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा श्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जा मैत्री फिचर्सबाट सुसज्जित बनाउनुका साथै आफ्ना उत्पादनमा उत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनका उत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभव लिन सघाउँछ । स्न्यापड्रागन ७६५ जी मोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथा एकिकृत फाइभ जी र ब्यूल्टअन ७ एमएमप्रोसेन प्रविधि सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्रीप्रो ले उपभोक्ताले आशा गरेको भन्दा बढी र अदृतिय फाइभजी अनुभव पस्कने छ ।
ओपो फाएभजी स्मार्टफोनका क्षेत्रमाअग्रगामी हुनका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले यूरोपमै, पहिलो ब्यवसायिक फाइभजी फोनका रुपमा रेनो फाएभजीलाई आधिकारिक तवरबाट स्विट्जर ल्याण्डमा सार्वजनिकगरिसकेको छ । ब्यापक प्रशंसा कमाउन सफल उक्त स्मार्टफोनलाई क्रमबद्ध रुपमा कम्पनीले अष्टे«लिया, यू.के. र ईटालीमा पनि उपलब्ध गराइसकेको छ । रेनो फाएभ जी का लागि ओपो, कवालकम टेक्नोलोजिज् र एरिक्सनलाई यही जुन महिनामा, संयुक्त रुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट ईन यूरोप’ अवार्डबाट सम्मानित पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here