एनएमबि बैंकका ग्राहकलाइ रेवर्न होटलमा छुट

Share It On:

१३ फागुन, काठमाडौं। 
एनएमबि बैंक लिमिटेड र   नवलपरासीको सुनवल परासी रोड स्थित होटल  रेवर्न एन्ड पार्टी प्यालेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार  एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद  पराजुली  र  रेवर्न होटल एन्ड पार्टी प्यालेसका प्रबन्ध निर्देशक कोपिला देवी वश्यालले हस्ताक्षर गरेका छन् ।
बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र होटलको  तर्फबाट संचालक दुर्गा प्रसाद वस्यालले उक्त हस्ताक्षरित सम्झौता आदान प्रदान गरेका थिए ।
बैंकका अनुसार यो सम्झौता एक बर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने होटल व्यवस्थापक सुमन वस्यालले जानकारी दिए ।
सम्झौताले  एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए ।
उनका अनुसार छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेहुन्छ ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *