CSIT कलेज क्रीकेट प्रतियोगिताकेा उपाधी ईन्द्रेणी कलेजलाई

काठमाडौं ।

दोश्रो अन्तर सि.यस्.आई.टि. कलेज क्रीकेट प्रतियोगिताकेा उपाधी ईन्द्रेणी कलेजलाई 

 

“आई. टि. पढ्ने बिध्यार्थी पनि शारिरिक रुपमा स्वस्थ रहन जरुरी छ” भन्ने मुल नाराका साथ सि.यस्.आई.टि. एसोसिएसन अफ नेपाल चितवन शाखाले फाल्गुन १९ गते देखी बिरेन्द्र क्याम्पस चौर, भरतपुरमा आयोजना गरेको दोश्रो अन्तर सि.यस्.आई.टि. कलेज क्रीकेट प्रतियोगितामा बिरेन्द्र क्याम्पसलाई २ विकेटले हराउँदै इन्द्रेणी कलेजले उपाधी उचालेको छ । लिग चरणमा लुम्बिनी कलेजलाई पछि पार्दै ईन्द्रेणी र बिरेन्द्र फाईनल प्रवेश गरेका थिए । जितका लागी इन्द्रेणीका नारायण सापकोटाले नट आउट ४६ रन को योगदान गरे ।

तीन खेलमा ९ विकेट लिन सफल इन्द्रेणीका माधव अधिकारी उत्कृष्ट बलर घोषित भए भने कुल ७३ रुन र थुप्रै क्याचेज, स्टम्पिङ र रन आउट गर्न सफल नारायण उत्कृष्ट खेलडीका साथै उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भए । बिजेता टिमलाई सि.यस्.आई.टि. एसोसियसन अफ नेपाल चितवनका अध्यक्ष आयुष धितालले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

अघिल्लो संस्करणको क्रीकेट प्रतियोगितामा पनि इन्द्रेणी कलेज बिजय भएको थियो भने गत फाल्गुन ११ देखी १५ गते सम्म भएको प्रथम अन्तर सि.यस्.आई.टि. कलेज फुटबल प्रतियोगिताको उपाधी पनि इन्द्रेणी कलेजले नै हात पारेको थियो ।