सञ्चार मन्त्रीद्वारा प्रविधिको कुम्भमेला विर्तामोडमा समुद्घाटन

काठमाडौं ।

सूचना तथा संचार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ विर्तामोड झापा स्थीत कन्काई फाउन्डेशन (कन्काई क्याम्पस) को प्राङ्गडढमा शुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ झापा शाखा (क्यान महासंघ झापा शाखा)ले आयोजना गरेको ईन्फोटेकको यो पहिलो संस्करणको सुचना तथा सञ्चार मन्त्री शेरधन राईज्यूले समुद्घाटन गर्नुभयो ।

समुद्घाटन कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुदै माननीय मन्त्री शेरधन राईज्यूले नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्नुहुदै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिनु भयो । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउनु हुदै माननीय मन्त्री शेरधन राईज्यूले नेपाललाई अगाडि बढाउन सूचना तथा विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता समेत व्यक्त गर्नुभयो ।

करिव १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा लोपन्मुख प्रविधी देखी हाल सम्मका नया“ तथा अत्याधुनिक प्रविधिहरु को प्रर्दशर्नी हुनेछ । विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुवाट विशेष छुट सहितको प्याकेज तथा हाइ स्पीट इन्टरनेट उपलव्ध गराइनेछ । टेलिफोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउदैछन । कम्प्यूटर हार्डवोर सामाग्रीमा पनि विशेष सहुलियतका साथ यस प्रर्दशनिमा उपलव्ध हुनेछ । नया“ नया“ प्रविधीमा आधारीत मोवाइल फोन ट्याव्लेट तथा अन्य उपकरणहरु प्रदर्शनिमा उपलव्ध हुनेछन । त्यस्तै हाल उपलव्ध सफ्टवेयरहरुमा नया“ भर्सन सहितको अपडेट मोडल उपलव्ध हुनका साथै नया“ कम्पनी तथा उत्पादकहरुको समेत थालनी यस प्रर्दशनी मार्फत हुने भएको छ ।
साथै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । इन्फोटेकमा जम्मा ७० स्टलहरु रहेका छन् ।
क्यान ईन्फोटेकको यस संस्करणको शिर्ष प्रायोजन सुबिसु केबलनेटले गरेको छ भने एशोसिएट स्पोन्सर डिजिकमले प्रायोजन गरेको छ ।

इन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु ५०÷– र विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुुरोध सहितको नामावलीका आधारमा सम्वन्धित निजी विद्यालयका विद्यार्थीहरुलाई रु २५ र सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई रु १० प्रवेश शुल्क व्यवस्था गरीएको छ । त्यस्तै अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट प्रदान गरिएको छ ।

प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहने छ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ । ईन्फोटेक आगामी फाल्गुन २५ गतेसम्म संचालन हुनेछ ।