7th CAN Info tech Pokhara 2016 To Begin From 4th March

काठमाडौं ।

पोखरा औद्योगिक व्यापार मेलाको तयारी तिब्र मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा सूचना प्रविधी सम्बन्धी स्टलहरु सहित ३ सय ६ वटा स्टल रहने छन् । ती मध्ये मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, ,कृषि १४, हस्तकलामा १०, प्mलोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने छन् ।

मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने हामीले अपेक्षा राखेका उनले जानकारी दिए । क्यान कास्कीसँगको सहकार्यमा मेलाको टिकट अनलाइन बुकिङको व्यवस्था मिलाइएको र अनलाइन बुकिङ गर्नेलाई ५०प्रतिसत छुटको व्यस्वस्था समेत गरिएको छ । मेला शुभारम्भ हुने दिन नजिकिँदै गर्दा मेलाको तयारी तीव्र भएको छ । मेलाका ८५ प्रतिशत स्टलहरु बुकिङ भई सकेका छन् भने मेलाको प्रचारप्रसार तीव्र बनाइएको छ ।

मेलाबाट अनुमानित आम्दानी रु. १ करोड ११ लाखमा अनुमानित खर्च रु ८३ लाख ७० हजार कटाउँदा रु. २७ लाख ५० हजार बचत हुने अनुमान छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम नेपाल सरकारको ५ विकास क्षेत्रमा १÷१ वटा क्षेत्रीय स्तरको प्रदर्शनी केन्द्र निर्माणगर्ने अवधारणा अनुरुप पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरामा निर्माण हुन लागेको क्षेत्रीय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिनेछ । टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि रु. ४।०० र संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई रु.१।०० छुट्याइने छ । संघकै संयोजनमा संचालन हुने सो कोषको रकम आवश्यकता हेरी पोखराको विकासको जुनसुकै परियोजनामा पनि खर्च गरिने छ ।