ब्रिटेनले ग्राहकको पहिचानका लागि नयाँ प्रविधि

काठमाडौं ।
हङकङ एण्ड संघाई बैंक (एचएसबीसी) ब्रिटेनले ग्राहकको पहिचानका लागि नयाँ प्रविधि ल्याएको छ । उक्त प्रविधि अनुसार अब ग्राहकलाई चिन्न उसको आवाज र औलौ नै काफी हुने भएको छ ।
ब्रिटेनको बार्कलेज बैंकले पहिला नै  आवाज पहिचान गर्ने सफ्टवेयर लागू गरेको थियो । तर, यो सुविधा सीमित ग्राहकका लागि मात्र उपलब्ध गराईएको थियो ।
एचएसबीसीका अनुसार उसको यो सेवा झन्डै डेढ करोड ग्राहको लागि हितकर हुनेछ । यो सेवा सुरु भए ग्राहक धेरै सुरक्षित हुनेछन् । फिङगर प्रिन्टको सुविधाको एप अहिले एप्पल मोवाईलमा मात्र उपलब्ध छ ।
यसका लागि ग्राहकले मोवाईल बैंकिङ एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि प्राप्त निर्देशन अनुसार फिङगर पिन्टको लिंक गर्नु पर्ने हुन्छ ।