प्रयोगकर्ताले निशुल्क एप प्रयोग गर्न सक्ने

काठमाडौं । 

कलेज पढ्ने दिनहरुमा साथीहरुबीच प्रायः सबै चिज सित्तैमा प्राप्त गर्ने होडबाजी नै चल्छ ।

कुनै प्रतिस्पर्धा होस् र त्यसमा केहीपनि खर्च नगरीकन भाग लिएर पुरस्कार जितियोस् । त्यो भन्दा मज्जा के हुन्छ ? मोबाइल फोनको यो जमानामा मोबाइल फोन सँग सम्बन्धित कुराहरु जसलाई पैसा तिर्नुपर्छ ती निशुल्क प्राप्त गर्नुजत्तिको आनन्द अरु नहोला । अहिले स्मार्टफोनमा अनगिन्ती एपहरु निशुल्क नै हुने भएपनि कतिपय एपहरु पैसा तिरेर डाउनलोड गर्नुपर्ने हुन्छ ।

तर यदि बुद्धि घुमाउने हो भने पैसा तिरेर डाउनलोड गर्नुपर्ने कतिपय एपहरु समेत निशुल्क डाउनलोड गर्न सकिन्छ ।
यसका लागि तपाइँले गुगल प्ले स्टोरमा गएर प्रोमो कोड्स नामको यो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यस एपले विभिन्न एप निर्माता कम्पनीहरुलाई उनीहरुको एपको बारेमा प्रयोगकर्ताको धारणा उपलब्ध गराइदिन सहयोग गर्ने उद्धेश्यका साथ त्यस्ता एपहरु प्रयोगकर्तालाई निशुल्क रुपमा प्रयोग गर्नसक्ने सुविधा प्रदान गर्दछ ।

हरेक १२ घण्टा तपाइँलाई एउटा एप देखाइन्छ र यसलाई तपाइँले निशुल्क रुपमा डाउनलोड गर्नसक्ने सम्भावना पनि हुन्छ । सुरुवातमा निशुल्क रुपमा डाउनलोड गर्न सकिने एपहरु प्राप्त गरिरहने सम्भावना कम हुने भएपनि प्रयास गर्दैजाँदा त्यस्ता सशुल्क एपहरुलाई निशुल्क डाउनलोड गर्ने सुविधा प्राप्त हुने प्रोमो कोड्स एप निर्माताको भनाइ छ ।