क्यान इन्फोटेकमा उल्लासमय सहभागिता, आज सम्म १ लाख ७८ हजार २ सय ८३ जना अवलोकनकर्ता

काठमाडौं । 

भूकम्प र देशको पछिल्लो असहज परिस्थितिका बावजुद पनि क्यान इन्फोटेकमा उल्लासमय सहभागिता आज मात्रै ५३ हजार ९ सय १ जनाद्वारा अवलोकन, आजसम्म १ लाख ७८ हजार २ सय ८३ जना अवलोकनकर्ता भोलि र पर्सी आइसिटी सम्मेलन हुँदै ।

भूकम्प र देशको पछिल्लो असहज परिस्थितिका बावजुद पनि क्यान इन्फोटेकमा उल्लासमय सहभागिता रह्यो । यसले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले अघि बढ्न हौसला र प्रेरणा मिलेको छ । राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को आज तेश्रो दिन बिजनेश डे भएकाले प्रदर्शनीमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरुबीच विभिन्न आकर्षक अफर तथा छुट ल्याउने प्रतिस्पर्धा नै चल्यो ।

व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका हुन् । यस्ता अफरहरुले अवलोकनकर्ताहरुलाई थप सहुलियत मिलेको हाम्रो ठम्याई छ ।

प्रदर्शनीको पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोश्रो दिन शनिवार ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका थिए । आज तेश्रो दिन ५३ हजार ९ सय १ जनाले अवलोकन गरेका छन् । आज सम्म १ लाख ७८ हजार २ सय ८३ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

ईन्फोटेकमा बिशिष्ट व्यक्ति र सेलिब्रटीहरुको पनि उल्लेख्य उपस्थित रह्यो । मेलाको उपप्रधान तथा रक्षामन्त्री भिम रावल, एमाले सांसद पशुपति चौलागाई, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्की लगायतले अवलोकन गरेका छन् । मेला अवलोकन गर्नु हुदै मन्त्री रावलले समृद्ध मुलुक निर्माणका लागि प्रविधिको विकास प्राथमिक पूर्वाधार भएको वताउनु भयो ।

त्यस्तै नेकपा एमाले सांसद पशुपति चौलागाईले प्रविधिको महत्वका वारेमा चेतनाविस्तार गरी जनशक्ति निर्माण र सदुपयोगमा ध्यान दिनुपर्ने वताउनु भयो । उहाँले प्रविधिको विकासका लागि क्यान महासंघ र सरकार समन्वय गरेर अघि बढ्नुपर्ने वताउनु भयो ।

ईन्फोटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी अफर, केवल ईन्टरनेट एण्ड क्लियस टिभी कम्बो अफर, फिफ्ट ईन्टरनेट एण्ड क्लियर टिभी कम्वो अफर ल्याएको छ । त्यसैगरी वेबसर्फरले ट्रिपल डाटा अफर, निःशुल्क जडान ४ जिवी सम्म टपअप सुविधा ल्याएको छ । त्यस्तै वल्र्डलिंकले पनि ट्रिपल डाटा अफर, नगद छुट, एक वर्षे प्याकेजमा वेबक्याम तथा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । भायनेटले ४ हजार ९ सय ९९ रुपैंयामा ईन्टरनेट प्याकेज उपलब्ध गराउनुका साथै निःशुल्क जडानको सुविधा प्रदान गरेको छ । नेपाल टेलिकमको वाइम्याक्स तथा सिम लिनेहरुको पनि भिड लाग्यो ।

प्रदर्शनीमा एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीका स्टलहरुमा अवलोकनकर्ताहरुको भिड लाग्यो । फाल्कन ईन्टरनेशनलले भित्र्याएको बुलगार्ड सेक्यूरिटीको कुनै पनि प्रडक्टको खरिदमा मोबाइल सेक्युरिटी निःशुल्क प्रदान गरेको छ । त्यस्तै क्विलहिलले एण्टिभाइरसको खरिदमा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । ९९ रुपैंया देखिका एयरफोनमा प्रदर्शनीमा राखिएका छन् । त्यस्तै एइइको ३८ हजार रुपैंया पर्ने वाइफाइजडित एक्सन क्यामेरा ३३ हजारमा रुपैंयामै उपलब्ध गराएको छ । कम्पनीले ड्रोन र रेकर्डरहरु प्नि विशेष अफरसहित सार्वजनिक गरेको छ ।

ईन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले सार्वजनिक गरेको विभिन्न फिचरजडित सिसिटिभीहरु, घर बाहिरबाटै मोबाइल फोनमार्फत घरको भ्mयाल ढोका खोल्न बन्द गर्न सकिने आइपी वेश डोर एक्सिस कन्ट्रोल सिष्टम तथा सामुदायमा आधारित सिसिटिभी लगायतले अवलोकनकर्ताहरुको नजरमा प¥यो । त्यस्तै उग्रतारा टेक्निकल प्रालिले ३५ सय रुपैंयामा स्मार्ट वाच उपलब्ध गराएको छ । यसमा मेमोरीकार्ड, सिम लगायतका सुविधासहित स्मार्ट डिभाइसमा हुने अन्य विभिन्न फिचरहरु समेत उपलब्ध छन ।

डिजिकमले विभिन्न मोडलका राउटरहरुमा एक हजारसम्म छुट प्रदान गरेको छ । प्रदर्शनीमा लेनेभो, डेल र एसरका नयाँ भर्सनका ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरुमा विशेष अफर प्रदान गरिएको छ । स्मार्टफोन÷ट्याब्लेट अन्तर्गत माइक्रोम्याक्स, डिटिसी, प्रेष्टिजिओ, किभी, हुवावे, पानासोनिक लगायत ब्राण्डका फोनहरुमा नगद छुटका अफरहरु ल्याएका छन । ईन्फोटेकमा आज पनि साना एसोसरिजका स्टलहरु पनि भरिभराउ देखियो । हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, साउन्ड सिष्टम, एलइडी लाइटका स्टलहरुमा निकै भिड लाग्यो । ईन्फोटेकमा १२ हजार क्षमताको पावर बैंक १२ सय रुपैयामा उपलब्ध छ । त्यस्तै ८ जिवीका पेनड्राइभ ३ सय, ३२ जिवीका पेनड्राइभ ९ सय रुपैंयामा उपलब्ध छ । विभिन्न कम्पनीले न्यूनतम ३ सय रुपैयादेखिका सेल्फी स्टिकहरु प्रदर्शनीमा राखेका छन ।

बढ्दो लोडसेडिङका कारण यसबाट मुक्ति खोज्दै ईन्फोटेकमा आउने अवलोकनकर्ताहरुको पनि भिड लाग्यो । जेनेरेटर, ब्याट्री, सोलार, युपीएस लगायतका स्टलहरु पनि अवलोकनकर्ताहरुलै भरिभराउ देखियो । यी उत्पादनहरुमा पनि छुट तथा निःशुल्क जडानका अफरहरु रहेका छन । युनिम्याक्सले ४ वटा बल्वसहित ५२ सय रुपैंयाको सोलार ल्याएको छ । एसियन ब्याट्रीले एक्सचेन्ज अफर ल्याएको छ । त्यस्तै क्लिन इनर्जीले ९५ हजार रुपैंयाको इलेक्ट्रिक स्कुटर ल्याएको छ । त्यस्तै विभिन्न कम्पनीले इलेक्ट्रिक कुकरहरु र इन्डक्सन चुलो प्रदर्शनीमा राखेका छन् ।

त्यसै गरी फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायत पनि विशेष अफरसहित उपलब्ध छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन ।

इन्फोटेकस्थलमै रेडक्रस सितापाइला उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम पनि आयोजना भैरहेको छ । कार्यक्रम मार्फत आजसम्म २५० पिन्ट रगत संकलन भैसकेको संयोजक पुष्पदेवी स्थापितले जानकारी दिनुभयो । आगामी २० गतेसम्म संचालन हुने ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।