नेपाली एप्स, संविधान देखि माया प्रेम सम्म

काठमाडौं । 

तपाईंको फोनमा कतिवटा एप्स छ ? १०–२० वटा वा त्यो भन्दा बढी । त्यसमध्ये केही पक्कै पनि नेपाली एप्स पनि छन् होला ! पछिल्लो समय एन्ड्रोइड र आइफोनको पहुँच धेरैसामु पुग्न थालेपछि नेपालीले पनि एप्स उत्पादन थालेको छ ।

संविधान जारी भएकै दिन संविधान एप सार्वजनिक भयो । एनआइटिभी मिडिया प्रालिले ल्याएको यस एपमा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमलाई राखिएको छ ।

नेपालमा लोडसेडिङको चर्को मार भएकोले यो एपको डाउनलोड गर्नेको संख्या धेरै छ । त्यसैगरी भूकम्प आएसँगै बनेको नेपाल अर्थक्वेक एप पनि धेरैले डाउनलोड गरे । समाचार होस या कुनै जानकारी । हरेक चिजबारे उपभोक्तालाई जानकारी दिने प्रमुख माध्यम बन्न थालेको छ एप ।

स्मार्टफोनलगायत अन्य मोबाइल उपकरणमा चल्ने इन्टरनेट एप्लिकेशन वा प्रोग्रामलाई मोबाइल एप्लिकेसन अर्थात् मोबाइल एप्स भनिन्छ । पश्चिमी मुलुकहरू यस्ता एप्सको विकासमा धेरै अगाडि बढेको पाइन्छ । त्यहाँका ठूला कम्पनीहरूले अहिले मोबाइल प्रोजेक्ट (आयोजना)मा ठूलो लगानी गरिरहेका छन् ।

नेपालमा पनि मोेबाइल एप्सको अवधारणा भित्रिएको धेरै भइसकेको छ । तर, दक्ष जनशक्तिको अभावमा पहिले यो व्यवसाय आउटसोर्सिङमा सीमित थियो । यसअघि बजारमा उपलब्ध एन्ड्रोइडलगायत स्मार्ट उपकरणहरूमा अन्य देशमा निर्मित एप्सको प्रयोग हुन्थ्यो । नेपालमा यसको व्यावसायिक सम्भावना बुझेका नेपालीको संख्या बढ्दै जाँदा अहिले नेपालमै पनि मोबाइल एप्स क्षेत्रमा क्रान्ति आएको देखिन्छ । यसले आईटी ज्ञान भएका तथा यस क्षेत्रसँग सम्बद्ध जनशक्तिलाई स्वरोजगारीको अवसर सिर्जना भएको छ ।

नेपालमा निर्मित एप्स पनि लोकप्रिय हुदैं आएको छ । अहिले दैनिक जीवनमा उपयोगी, मनोरञ्जनात्मक, व्यावसायिकलगायत विभिन्न प्रयोजनका एप्सको निर्माण नेपालमै हुन थालेको छ । नेपाली दक्ष जनशक्तिबाट निर्मित यस्ता एप्स विशेष लोकप्रियसमेत बन्न सफल छन् ।

संविधान जारी भएकै दिन संविधान एप्स पनि बजारमा आयो । नेपालको सेयर बजारमा हुने दैनिक कारोबार, कम्पनीहरूको घोषणा र बजारसम्बन्धी समाचार तथा जानकारी दिने एप्स पनि बजारमा आइसकेको छ । सेयर लगानीकर्तामाझ लोकप्रिय यस एप्सले सेयर किनबेचको हिसाब गर्नेदेखि सम्बन्धित ब्रोकरसँग समेत सम्बन्ध स्थापित गराउँछ । कम्पनीहरूको वार्षिक साधारणसभा, बूक क्लोजलगायतको जानकारी इभेन्ट क्यालेन्डरमार्फत पनि लगानीकर्ताले व्यवस्थित गर्न सक्छन् । सेयर बजारसम्बन्धी जानकारी दिने एक मात्र आधिकारिक यस एप्सको विकास तथा व्यवस्थापन नेपाल स्टक एक्सचेञ्ज, ब्रेन डिजिट, आर्थिक अभियान दैनिक र सोर्स कोडले गरिरहेको छ ।

यसैगरी विभिन्न बैंक, अनलाइन पत्रिकाले पनि एप्सको निर्माण थालेका छन् । बजारमा एप्सको लोकप्रियता बढेसँगै व्यवसायिक कम्पनीहरुले एप्सको निर्माण थालेका हुन् ।

हेरौं नेपालीले बनाएका र नेपालीमाझ लोकप्रिय एप्स

१. नेपाल लोडसेडिङ
२. ग्लो रेसर
३. एप कास्टर
४. आइडियोम डिस्नर
५. नेपाली अडियो बूक
६. नेपाल खबर (बेटा)
७. कलब्रेक रेकर्ड
८. नेपाल सेयर मार्केट
९. टुकी
१०. नेपाल न्यूज रिडर
११. लर्न नेपाली
१२. ई–सेवा
१३. अनलाइन बगैंचा
१४. क्लास सेड्युल
१५. सिम्पल क्याल्कुलेटर
१६. नेपाल ट्याक्स क्याल्कुलेटर
१७. मंकी जम्प
१८. क्याफे मम
१९. क्वायन टस
२०. पेन्गुइन जम्प म्याथ
२१. बाउन्सिङ बल्स
२२. एनलोकेट
२३. लस्ट एट सी
२४. रेनड्रप म्याथ
२५. नेपाली रेसिपिज
२६. नेपाली पात्रो
२७. इजी डायल
२८. नेपाली डेट कन्भर्टर
२९. बल्स च्यालेञ्ज
३०. नेपाली लिरिक्स
३१. द क्लाउड रनर
३२. पोखरा
३३. एग ड्रप
३४. बबल पप
३५. बत्ती गयो
३६. हिल क्लाइम्ब रेसिङ
३७. नेपाली एफएम
३८. नेपाली म्युजिक
३९. हाम्रो पात्रो
४०. टाइप नेपाली
४१. नेपाली टिभी
४२. नेपाली रिसिप
४३. नेपाली जोक
४४. हाम्रो किबोर्ड
४५. यौन जिज्ञासा
४६. मायाप्रेम
४७. नेपाली डेट कन्भर्टर
४८. नेपाली भिडियो बुक
४९. बाघचाल
५०. आइनेपाली म्युजिक