Cyber Threats And Improve Cyber Security With Application Testing

काठमाडौं । 

सोसल/अनलाइन मिडिया, साइवर थ्रिएट र साइवर सुरक्षा विषयक अन्तरक्रियामा एक दर्जन पत्रकारहरु सम्मानित आइसिटी पत्रकार विकास मञ्च र राष्टिय अनलाइन खबरको संयुक्त आयोजनामा भएको अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइसिटी पत्रकार विकास मञ्चको संस्थापक अध्यक्ष भरतराज उप्रेतीको सभापतित्वमा भएको अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवललाल थापा प्रमुख अतिथि, राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना कार्यक्रम संयोजक, विशिष्ट अतिथिमा राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटा, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सवेन्द्र खनाल, अतिथिहरु आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्त, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, सर्वोच्च अदालतका आइटी निर्देशक कृष्ण प्रसाद पौडेल, आइटी युवा पुस्ता नारायण न्यौपाने, राष्ट्रिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्य, राष्टिय मानवअधिकार परिषद्का अध्यक्ष तुल्सी थापा, सोसल मिडिया तथा सामाजिक अभियानकर्ता राजेश अधिकारी, ठमेल इको रिसोर्टका सञ्चालक मोहन लम्साल लगायत आइटी क्षेत्रका व्यक्तित्वहरु र अनलाइन मिडियाका सञ्चालक तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

साइवर सुरक्षाको विषयलाई स्कूल कलेजसम्म लैजानुपर्ने बेला भइसकेको छ, — सर्वेन्द्र खनाल, प्रमुख अपराध महाशाखा हनुमानढोका

के हो साइवर अपराध मलाई थाहा छैन — शिवलाल थापा, विज्ञान तथा प्रविधि मन्त्री

बढ्दो अनलाइन मिडियासँगै यसका चुनौतीहरु थपिएका छन् भन्ने बारे सबै जानकार छन् तर सोसल मिडियाममार्फत हुने अपराधहरु के के हुन् त्यसबारे सबैलाई थाहा छैन । राजनीतिक सामाजिक र व्यवसायिक क्षेत्रका व्यक्तिहरु मोबाइल, फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जालमा अभ्यव्यस्त छन् प्रविधि प्रयोगमा अगाडी रहेको नेपाली पुस्ताहरु साइवर थ्रिएटसँगै क्राइमभित्र कसरी फस्छन् भन्ने कुरा मलाई नै थाहा छैन विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले भने ।

काठमाडौंमा आइसिटी पत्रकार विकास मञ्च र राष्टिय अनलाइन खबरको संयुक्त आयोजनामा भएको अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री थापाले हामी प्रविधि प्रयोगमा निकै अगाडी भए पनि यसको सुरक्षाप्रति सचेत नभएकोले यसप्रति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । आफू आइटी क्षेत्रको विज्ञ नभए पनि सामाजिक क्षेत्रको ज्ञान र अनुभव भएकोले नीतिगत तहबाट नेपालमा साइवर सुरक्षाको अवस्थालाई अगाडी बढाउदै सामाजिक चेतनाको रुपमा अगाडी बढाउन सबै एकजुट भएर लाग्न मन्त्री थापाले अतरक्रिया कार्यक्रममार्फत आव्हान समेत गरेका छन् । राजनीतिक दल र सरकारले के गर्छ भन्दा पनि सम्बन्धित क्षेत्रका विज्ञ र अगुवाहरुले सोसल मिडियामार्फत साइवर विषयलाई प्रचार प्रसार गर्नु नै व्यवसायिक अनलाइन पत्रकारीताको पहिचान हो, त्यसतर्फ अनलाइन पत्रकारहरुको कलम अगाडी बढोस् मन्त्री थापाले भने ।

ict journalist development forum

अन्तरक्रिया कार्यक्रममा राष्टिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटाले सोसल मिडियामार्फत सूचनाको हक के हो भन्ने कुरालाई पनि उजागार गर्नुपर्नेमा जोड दिनुभयो । सोसल मिडिया मार्फत बढ्दो अनलाइन पत्रकारीता प्रविधिको नवीनतम उपलब्धि भएकोले यसलाई व्यवसायिक बनाउन अनलाइन सञ्चालक, सम्पादक र पत्रकारहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सोसल तथा अनलाइन मिडियाले भन्दा पनि सूचनाको हक अधिकार प्रदान गर्ने नेपाल सरकारको कार्यालयका सूचना अधिकारीको अवस्था दयनीय र टीठलाग्दो छ, सूचनाको हक अधिकार के हो किन सूचनाको हक अधिकार दिनुपर्दछ भन्ने ज्ञान सूचना अधिकारीलाई नै थाहा छैन, सूचनाको अधिकार नदिनु नै भष्टाचारलाई प्रश्रय दिनु भएकोले पहिले सरकारी क्षेत्रको भष्टाचारको जालोलाई अन्त्य गर्न सबैको ध्यानाकर्षण गर्दै सोसल तथा अनलाइन पत्रकारीतको विकासतर्फ अगाडी बढ्न बाँस्कोटाले आव्हान गरे । सूचनाको हकलाई स्थापित गरौं त्यसपछि अनलाइन पत्रकारीता र प्रविधि सुरक्षाको चासोलाई पनि सामाजिक चेतनको अभियानसहित अगाडी बढाऔं र साइवर स्पेसलाई कम गरौ सूचना आयोगका कृष्णहरि बाँस्कोटाले बताउनुभयो ।

साइवर थ्रिएट र क्राइम अहिलेको विकराल अवस्था भएकोले यसको नीतिगत रुपमा नै व्यवस्थापन गर्न जरुरी छ अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने । हामी सबै विज्ञ छौं व्यवसायिक छौं अनुभवी छौं तर जिम्मेवारीको महत्व नबुझ्ने प्रवृत्तिका छौ., जतिखेर समस्या आउँछ त्यतिखेर नेपाल प्रहरीको काम भनेर जिम्मा लगाइदिन्छौ । यस्तो संस्कारबाट कसरी बन्छ सुरक्षित समाज खनालले भने, जिम्मेवारी कर्तव्यकोब बोध हामीमा छैन, साइवर अपराधलाई कतिले जानी जानी वेवास्ता गरेका छौं त धेरैमा यसबारेको ज्ञान छैन, कसरी साइवर अपराध हुन्छ ? यसमा कसरी फसिन्छ साइवर अपराध कुन कुन माध्यमबाट हुन्छ भन्नेमा हामी स्पष्ट छैनौ । सामाजिक सञ्जालमार्फत फेक आइडी बनाएर पनि ब्याल्कमेलिङ गर्ने, मोबाइल फोनबाट एसएमएस पठाएर धक्याउदै, अश्लील फोटोहरु पठाउने कार्यहरु हुदै आएका छन् । भाइवर, ह्वाट्सअफ लगायतको माध्यमबाट पनि साइवर क्राइम भइरहेका छन् । फिसिङ, ह्याकिङ पनि साइवर अपराधका उदाहरणहरु हुन् ।

प्रविधिको गलत प्रयोगमार्फत अपराधहरु मौलाउदै गएका छन् जसबाट व्यक्तिगत सूचना चोरीका घटनाहरु लगायत ठूल ठूला साइवर अपराध हुदै आएका छन् । बैकिङ ट्रन्जेक्सन तथा एटीएममार्फत पनि फ्रडहरु हुने गरेका छन् । अब यी सबै कुराहरु भए भन्दै व्याख्या होइन की चेतना स्कूल कलेजदेखि गराउन आवश्यक छ भने नीतिगत तवरबाट यसको कडा कानून व्यवस्थापन र कार्यान्वयन नै साइवर सुरक्षको कवज हो एसएसपी सवेन्द्र खनालले भने । यसका लागि नेपाल प्रहरी हातेमालो गरेर अगाडी बढ्न तयार छ । भोलि होइन आजै हामीबाटै यो कामको शुरुवात गरौ भन्ने सन्देशसहित खनालले सामाजिक सचेतनाको अभियानलाई अगाडी बढाउन सबैको ध्यानकर्षण आयोजित अन्तरक्रिया कार्यक्रममार्फत गराएका थिए ।

अबको चुनौती भनेको नै साइवर स्पेसको हो अन्तरक्रिया कार्यक्रमका अतिथि तथा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाले भने । सूचना तथा डाटाको संरक्षण नै अहिलेको विश्वको चुनौती बनेको छ । अमेरिका, चीन, कोरिया जापान लगायतका देशहरुले मिलिटरी फोर्सका डाटा सुरक्षका लागि हजारौं आइटी विज्ञहरु राख्न थालेको प्रसंग उल्लेख गर्दै साइवर सुरक्षा प्रविधिको खुट्किलो चढिरहेको नेपालका लागि त्यत्तिकै चुनौतीपूर्ण बन्दै गएको खनालले बताए । हामी मोबाइल सञ्चार, इन्टनेट सोसल मिडियाका कुरा गछौं यहाँ त रहरले देखासिकी गर्ने तवरले काम चलिरहेका छन् ।

व्यवसायिक ट्रेण्डको रुपमा व्यवस्थित अनलाइन मिडिया बन्न नसक्दा अनलाइन सोसल मिडियाको माध्यमबाट साइवर अपराध, डाटा चोरी, ह्याकिङ, व्यक्तिगत तथा बैकिङ क्षेत्रका महत्वपूर्ण सूचनाहरु चोरी मात्र होइन एटीएममार्फत बैकिङ फ्रडहरु बढ्दै गएका छन् । मुख्य कुरा राष्टिय सुरक्षा र बैकिङ क्षेत्र साइवर स्पेसको निशानामा रहेको छ । यसतर्फ तत्काल सुरक्षाको विधि अवलम्वन नगर्ने हो भने भोलि ठूलो क्षति गुमाउनुपर्ने स्थिति आउन सक्छ यसतर्फ सरोकारवाला निकायसँगै सबै स्टेकहोल्डरहरु गम्भीर हुनुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए ।

प्रविधि र इन्टरनेटको प्रयोगको सहजतासँगै साइवर थ्रिएट कसरी हुन्छ भन्ने कुराको संक्षिप्त जानकारी प्रमाणीकरण नियन्त्रण कार्यालयका पूर्व नियन्त्रक तथा आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्तले आफ्नो सरलीकरण प्रस्तुतिकरण गर्नुभएको थियो । प्रविधि प्रयोगमा रमाउने एउटा जमात छ, अनि प्रविधिमार्फत व्यवसाय चलाउनेहरु पनि छन् । साथै देशको सम्पूर्ण सूचना र डाटाको भण्डारण गर्ने काम पनि अब प्रविधिमा नै निर्भर हुन थालेको छ । हात हातमा मोबाइल घर घरमा इन्टरनेटको नारा सही छ तर साइवर सुरक्षा आवश्यक छ की छैन भन्ने बारेको ज्ञान प्रविधि प्रयोगसँगै नहुदा अहिले साइवर स्पेसले नेपालजस्तो मुलुकमा विकराल अवस्था सिर्जना खडा गर्दैछ, पन्तले आफ्नो प्रिजेन्टेसनमा बताए । फिसिङ इमेलमार्फत कसरी व्यक्तिगत डाटाहरु चोरिन्छ, कसरी ह्याकिङको निशानामा परिन्छ, सोसल मिडियमा एकाउण्ट खोल्दा, पासवर्ड राख्दा अपनाउनुपर्ने सावधानी लगायतका बैकिङ फ्रड कसरी हुन्छ भन्ने बारेको ज्ञान राजनराज पन्तको प्रिजिन्टेसनले दिएको थियो । मोजिला, गुगल क्रोम लगायतका वेव ब्राउजिङमा पासवर्ड राख्दा सेभ अप्सन प्रयोग गर्न नहुने गर्दा कुकिजमा बसी ह्याकरले सहजै सूचना र डाटा चोर्न सक्ने पन्तले बताए । त्यस्तै पासवर्ड राख्दा नाम र अंक सिरियल राख्न नहुने बरु कुनै स्मरणीय घटनालाई अड क्यारेक्टर अक्षरमा राख्ने विधि प्रयोग गर्दा इमेल तथा सामाजिक सञ्जालको ह्याकिङबाट बच्न सकिनेछ पन्तले भने । नचिनेको व्यक्तिबाट आएको एट्याज इमेल बक्स डिलिट गर्ने, लोटरी पर्यो भन्ने फेक इमेललाई नखोल्ने तथा प्रतिउत्तर नपठाउने वा लोभमा नफस्ने । कम्प्युटरको फायरवाल सेटिङलाई बलियो बनाउने सेक्युरिटी सफ्टेवयर राख्ने फ्रि सफ्टवेयरहरु सिधै नेटबाट डाउनलोड गररे स्टल नगर्ने, सामाजिक सञ्जालमा अनर्गल न्युज समाचारहरु क्लीक नगर्ने लगायतका आधारभुत ज्ञान भएमा पनि केही हदसम्म साइवर थ्रिएटबाट बच्न सकिने पन्तले बताए ।

साइवर सुरक्षको विषयलाई राष्ट्रिय विषय बनाएर अगाडी बढाउदै सरोकारवाला निकायसँग नीतिगत व्यवस्थापन र कार्यान्वयन सहित चेतनाको अभियान आफैबाट शुरु र अक्षरसँग पालना गर्न सक्नु नै साइवर सुरक्षाबाट केही हदसम्म बच्न सक्ने उपाय रहेको हो पन्तले भने ।

आइसिटी पत्रकार विकास मञ्चको संस्थापक अध्यक्ष भरतराज उप्रेतीको सभापतित्वमा भएको अनलाइन मिडिया व्यवस्थापन र साइवर सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवललाल थापा प्रमुख अतिथि, राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना कार्यक्रम संयोजक, विशिष्ट अतिथिमा राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटा, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सवेन्द्र खनाल, अतिथिहरु आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्त, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, सर्वोच्च अदालतका आइटी निर्देशक कृष्ण प्रसाद पौडेल, आइटी युवा पुस्ता नारायण न्यौपाने, राष्ट्रिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्य, राष्टिय मानवअधिकार परिषद्का अध्यक्ष तुल्सी थापा, सोसल मिडिया तथा सामाजिक अभियानकर्ता राजेश अधिकारी, ठमेल इको रिसोर्टका सञ्चालक मोहन लम्साल लगायत आइटी क्षेत्रका व्यक्तित्वहरु र अनलाइन मिडियाका सञ्चालक तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्री थापालाई मायाको चिनो प्रदान सहित अनलाइन पत्रकारहरु सम्मानित

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शिवलाल थापालाई संस्थाको तर्फबाट मायाको चिनो संस्थापक अध्यक्ष भरतराज उप्रेतीले प्रदान गर्नुभयो ।
कार्यक्रममा दुई दशकदेखि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायीको रुपमा योगादन पुर्याएको ठमेलका इको रिसोर्टका सञ्चालक मोहन लम्साल, एक दशक लामो समयदेखि रक्तादान लगायतका विविध सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत सहस्रधारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र साइवर सुरक्षाको लागि सामाजिक तथा संस्थागत तवरबाट योगदान पुर्याएको आइटी सर्ट नेपाललाई सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी अनलाइन मिडियामा काम गर्ने एक दर्जन पत्रकारलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा अन्नपूर्णपोष्ट अनलाइनका गोपीकृष्ण ढुंगाना, न्युज २४ का संगम बाँनिया, रातोपाटीका अर्जुन पन्त, इमेजखबर अनलाइनका प्रतिक, अनलाइनपत्रिका डट कमका सुबिन कुमार श्रेष्ठ, नेपालपाटी, डबलीन्युज डट कम, न्युज अभियान डट कम, टप नेपाल न्युज डट कम, न्युजसंचार डटकम, एनटिभीयुस डट कम मा कार्यरत पत्रकारहरु रहेका थिए ।

अनलाइन मिडियाको विकासक्रमलाई बढाएको हो । सञ्चार क्षेत्रमा अनलाइन मिडिया सञ्चालनमा आउनु र पत्रकारीता पेशा बन्नु नेपालको पत्रकारीता क्षेत्रको महत्वपुर्ण उपलब्धि मान्नुपर्दछ तर अनलाइन मिडिया विकासले सिर्जना गरेको पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु थपिदिएको छ । अनलाइन पत्रकारीताको मर्म भावना वीपरितका अनर्गल समाचारहरुले अनलाइन मिडिया र पत्रकारीताकै नाक काटिदिएको छ । नैतिक चरित्र हत्याका हेडलाइन समाचार, आधिकारिक र प्रमाणबिनाका तथ्यहीन समाचारहरु अनलाइन मिडियाबाट प्रकाशित हुने गरेका अधिकाश समाचार लिंकहरु फेसबुक, ट्वीटर लिङदेन जस्ता सोसल साइटहरुमा छिन छिनमा आइररहदा नेपाली पत्रकारीताको शान गिराउदै लगेको छ भने साइवर थ्रिएट र अपराधका घटनाहरु बढ्दै गएका छन् ।

यस्तो अवस्थामा आइसिटी पत्रकार विकास मञ्चले राष्ट्रिय अनलाइन पत्रकार संघको सहकार्यमा अनलाइन मिडिया व्यवसायीकरण र साइवर सुरक्षाबारे विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम समय सान्दर्भिक रहेको छ । यस्ता कार्यक्रम र साइवर थ्रिएट र सुरक्षाको सवाहरुलाई सोसल तथा अनलाइन पत्रकारहरुलाई आम नागरिकको पहुँचमा पुर्याउन सचेतचना अभियानकै रुपमा अनलाइन पत्रकारीता गर्न जरुरी भइसकेको छ । त्यसतर्फ अनलाइन मिडिया सञ्चालक, सम्पादक र पत्रकारहरुको ध्यानकार्षण रहोस् ।