Mega ICT Expo 2016 Start From 29th January, CAN Federation

काठमाडौं । 

सर्वप्रथम कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा हुन गइरहेको “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को पत्रकार सम्मेलन तथा एक्जिविटरस् व्रिफिङ्ग कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण पत्रकार महानुभावहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजक क्यान महासंघको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु । यहाँहरुबाट सदैव प्राप्त सद्भाव, सहयोग र निरन्तर सहभागीताबाट हामी विगत २१ वर्ष देखि नेपालको महत्वपुर्ण सूचना तथा संचार प्रविधि प्रदर्शनी क्यान ईन्फोटेक सम्पन्न गर्न सफल भएका छौं ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको क्यान ईन्फोटेक तथा सूचना प्रविधि सम्मेलन यही मिति २०७२ माघ १५ देखि २० गते ( जनवरी २९ देखि ३, फेब्रुअरी २०१६) सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप, काठमाण्डौंमा हुन गइरहेको व्यहोरा यहाँहरुलाई अवगत नै छ ।

क्यान ईन्फोटेकको यस २२औं संस्करणको सुबिसु केबलनेट प्रा.लि.ले शिर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर हुवावेले प्रायोजन गरेको हुनाले यस क्यान ईन्फोटेकको संस्करणको नाम “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– वल्र्ड लिङ्क तथा आईटेल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सि. रहेको छन् ।

अफिसियलहरुमा बैंक– सेन्चुरी बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., अंग्रेजी आईटी म्यागेजिन– पि.सी.ईन्फो, लाईफस्टाईल एण्ड टेक म्यागेजिन– म्युज, वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., स.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स र ईस्ट्रिमिङ पार्टनर– स्टर नेट प्रा.लि रहेका छन् । “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् भने सबै स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावेको यस २२औं संस्करणको लागि सूचना तथा सञ्चार मन्त्रालय, प्रमाणिकरण नियन्त्रकको कार्यलय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग पु¥याएका छन् ।

शिर्ष प्रायोजक सुबिसु केवलनेट प्रा. लि. ले “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मार्फत फाईबर ईन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्यका साथ सुविसु केवलनेटले विशेष योजनाहरु प्रस्तुत् गर्ने तयारी गरेको छ भने ईन्टरनेट र डिजीटल टि.भि. तथा ईन्टरप्राईज सेवाहरु प्रस्तुत तथा उक्त सेवामा आकर्षक योजना समेत ल्याउने भएको छ ।

“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००÷– र विद्यार्थीहरुलाई रु ५०÷– तोकिएको छ । २०७२ माघ १७ गते आईतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १००÷– तोकिएको छ । उक्त दिन विषेश गरी Business Houses हरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा द्यगकष्लभकक म्भब िगर्न सक्नुहुनेछ । “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन हुवावे को अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । अनलाइन टिकट खरिद २०७२ माघ १२ गते देखि can.org.np मा वा caninfotech.org.np

मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य एफ.वान.सफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यबाट गरिएको हो ।

यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा High Speed Internet उपलब्ध गराईनेछ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनिसहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ भने यस वर्ष “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को Live Video Streaming २०७२ माघ १५ गते देखि २० गते सम्म  can.org.np मा वा caninfotech.org.np मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य स्टर नेट प्रा.लि सँगको सहकायबाट गरिएको हो ।