आइटीको भबिस्य र एसका चुनौती बिसयमा कार्यक्रम सम्पन्न

काठमाडौं । 

(Orchid Tech Club, Dhamala Group, Sparrow SMS, Slashplus, Threadspaints Jointly organized the Suruwat Junction)

अर्किड इन्टरनेसनल कलेजमा आर्इटीमा अध्ययन विद्यार्थीहरुको अर्किड टेक क्लबका सदस्यहरूले आज काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ।

धमला ग्रुप, स्ल्याश प्लस, स्प्यारो एसएम एस लगायतले सह आयोजना गरेको कार्यक्रममा मुकेश धमला (डाइरेक्टर धमला ग्रुप), सोहन बाबु खत्री (थ्री एच हिमालयन सीइओ), सुमन शाक्य (नेपाल इन्टरपायोनियर्स हब), आशिष आचार्य (थ्रेड्सपेन्ट्स-को फाउन्डर) तथा बिकाश नेउपाने (स्टार्टअप एड्भाइजर) ले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रम मूलतः नया ब्यबसाय सुरुवात र चुनौती बिसयमा केन्द्रित थियो। कार्यक्रम सहजीकरणमा बोल्दै सुमन शाक्यले हामीले आफ्नै स्रोत र साधन प्रयोग गरि नेपालमै केहि गर्न सक्छौ भन्दै नया ब्यबसाय सुरु गर्ने व्यक्ति तथा समूहलाई ब्यबसाय सुरु गरि सकेपछि आउने समस्या र त्यसको समाधानको बिसयमा प्रस्ट पर्नु भएको थियो।

त्यस्तै आफ्नो अद्ययन बाहिर देशमा गरेर नेपालमै केहि गर्छु भनेर आएका अर्का युवा उधमी विकल्प न्यौपानेले आइटीको भबिस्य र एसका चुनौती बिसयमा कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रमको बोल्दै अर्किड क्लबका अध्यक्ष सुजन उप्रेतीले आगामी दिनमा पनि येस्तै समसामयिक बिसयबस्तुलाई प्राथमिकता दिदै अन्य कार्यक्रमको आयोजना हुनेछ भनेर क्लबको उपाध्यक्षमा अशोक खनालले जानकारी दिनुभयो।