१७ औं राष्ट्रिय प्राविधिक प्रदर्शनी- लोकस प्रदर्शनी – २०२०

LOCUS 2020 Press Release

काठमाडौं, माघ १४

लोकस, इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको विद्यार्थी नाफा रहित संगठन हो। हरेक वर्ष लोकसले विद्यार्थी माझ विभिन्न क्षमता अभिवृधिका कार्यक्रम, प्रतिस्पर्धामुलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्ट्रिकल कार्यक्रम संचालन गरेर समग्रमा युवा सोचलाई समाजमा परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्ने माध्यमको रूपमा आफूलाई परिचित गराउँदै आइरहेको छ।

लोकसले वर्षभरि गर्ने विभिन्न कार्यक्रममा तिन दिने प्राविधिक प्रदर्शनी पनि गर्दै आएको छ। यो राष्ट्रिय प्रदर्शनी बिध्यर्थिहरुद्वारा आयोजित सबैभन्दा ठूलो प्राविधिक प्रदर्शनीको रूपमा स्थापित हुन सफल रहेको छ भन्ने हाम्रो विश्वास रहेको छ। सन् २००३ मा स्थापना भएको लोकसले आफ्नो तर्फबाट विद्यार्थी एवम् देशको आवश्यकता अनुसार हरेक साल विभिन्न कार्यक्रम मार्फत चेतना, ज्ञान तथा इच्छुकलाई अवसर प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष लोकस ले विभिन्न राष्ट्रिय स्तरका कलेजका विद्यार्थीहरूका बीच धेरै सीप विकास कार्यक्रमहरू, प्रतिस्पर्धी हार्डवेयर, सफ्टवेयर र विद्युतीय प्रतियोगिताहरूको साथ साथै गैर प्रतिस्पर्धी घटनाहरू जस्तै प्रदर्शनी, सेमिनारहरू, पेपर प्रस्तुतीकरण, खेल प्रतियोगिता, सिमुलेशन प्रतियोगिता र अन्य थुप्रै कार्यक्रम आयोजना गर्दै आएको छ।

लोकस २०२० समितिले संयुक्त राष्ट्र नेपाल सँगको साझेदारीमा यस वर्षको लोकस प्रदर्शनी जनवरी ३१, फेब्रुअरी १,२ (माघ १७,१८,१९) मा पुल्चोक क्याम्पसको प्रांगणमा आयोजना गर्ने भएको छ। संयुक्त राष्ट्र संघले यस कार्यक्रमका लागि लोकसलाई रणनीति निर्माणमा निर्देशन प्रदान गर्दैछ। दिगो विकास लक्ष्यहरू(एसडीजी) सबैका लागि अझ राम्रो र दिगो भविष्य प्राप्त गर्न आवश्यक खाका हुन्। यी खाकाहरूले हामीले सामना गरिरहेका वैश्विक चुनौतीहरूलाई सम्बोधन गर्छन् जसमा गरिबी, असमानता, जलवायु परिवर्तन, वातावरणीय गिरावट, शान्ति र न्याय समावेश छन्। सबै १७ लक्ष्यहरू एक अर्कामा निर्भर छन्, र कसैलाई पछाडि नराख्न, हामीले ती सबैलाई २०३० सम्म प्राप्त गर्न आवश्यक छ।

यस वर्ष लोकस प्रदर्शनीको मुख्य विषय संयुक्त राष्ट्र संघले जनाएको१७ एसडीजीहरू मध्ये निम्न ३ एसडीजी रहेका छन्:

  • तेस्रो एसडीजी: राम्रो स्वास्थ्य र भलाई
  • सातौं एसडीजी: किफायती र स्वच्छ ऊर्जा
  • ११औंएसडीजी: दिगो शहर र समुदायहरू

लोकस २०२० ले मुख्य ३ दिने प्रदर्शनी अगावै अन्य पूर्व कार्यक्रममा समेत संयुक्त राष्ट्र संघले जनाएका ती ३ लक्ष्य समावेश गरेको छ।

लोकसले हाल सम्म सम्पन्न गरेका कार्यक्रमको विस्तृत जानकारी निमन छन् :

हार्डवेर फेलोशिप

इलेक्ट्रोनिक्स इन्जिनियरिङ संकायका प्रथम वर्षका विद्यार्थीलाई प्रमुख लाभ हुने गरि लोकस २०२० ले १० दिने हार्डवेर फेलोशिप आयोजना गरेको थियो। सो कार्यक्रम नोभेम्बर २५ मा सुरु भई डिसेम्बर ५ मा सकिएको थियो।

सफ्टवेयर फेलोशिप

हाल साल आफ्नो इन्जिनियरिङ अध्ययन सुरु गरेका र कम्प्युटर प्रोग्रामिङ्गमा रुचि भएका विद्यार्थीलाई अत्यन्त गहिरो विषयको सुरुवाती  ज्ञान दिने उदेश्यले लोकस २०२० लेडिसेम्बर २३ मा सम्पन्न हुने गरि १० दिने सफ्टवेयर फेलोशिप आयोजना गरेको थियो।

इलेक्ट्रिकल अटो क्याड वर्कशप

इलेक्ट्रिकल संकायका विद्यार्थीले प्रयोग गर्न आवसेक सफ्टवेयर को तालिमका रूपमा डिसेम्बर २९ मा आयोजना गरिएको थियो।

रोबोट ओपेरटिंग सिस्टम वर्कशप

फ्युचर् ल्याब नेपालको सहयोगमा रोबोट संचालनका लागि प्रयोग हुने प्रविधि बारे वर्कशप जनवरी ६ मा सम्पन्न गरिएको थियो।

ड्रोन सेमिनार

ड्रोन सम्बन्धी प्यानल छलफल जनवरी १३ मा आयोजना भएको थियो। सो कार्यक्रममा ड्रोनको संचालनमा आवसेक  ज्ञान, नेपाल जस्तो देशमा ड्रोनको उपयोगितामा छलफल भएको थियो।

इनर्जि ह्याकथन

जनवरी १६ मा सुरु भएको इनर्जि ह्याकथन लोकस द्वारा आयोजित ४ दिन चल्ने कार्यक्रम हो। यो कार्यक्रममा भाग लिएका टोलीले नेपाल सम्बन्धित ऊर्जाका समस्या र विशेषज्ञको सहयोगमा यस्ता समस्याको समाधान निकालेर त्यसको प्रस्तुति दिइएको थियो । यस कार्यक्रमले विद्यार्थीलाई विश्वका समस्याको ज्ञान, यस क्षेत्रका विशेषज्ञ तथा आफू जस्तो सोच भएका अन्य विद्यार्थीसँग भेट हुने अवसर दिन्छ र साथै देशको ऊर्जाका समस्याको समाधान पनि दिन्छ।

यस कार्यक्रमको समापन भने अझै बाकी छ।

गर्लटुकोड

छात्राका लागि केन्द्रित २ दिने क्लाउड कम्प्युटिङ तथा प्राविधिक नेतृत्व विकास कार्यक्रम जनवरी २०-२१ मा सम्पन्न भएको थियो।

+२ प्रश्नोत्तर प्रतियोगीता

+२ अध्यनरत विद्यार्थीका लागि भनेर लोकस २०२ ०ले जनवरी २४ मा आयोजना गरेको थियो जसमा १५ समूह सहभागी थिए।

वाकाथन

संयुक्त राष्ट्र स्वयं सेवक सँग आबद्ध तथा लोकस को प्रमोशनल क्रियाकलाप २५ मा भव्य रूपमा आयोजना गरिएको थियो।

ह्याक-आ-विक

ह्याक-आ-विक एक साताको प्रतियोगिता जनवरी १९ मा सुरु भैँ २६ मा सम्पन्न भएको छ। प्रतियोगीले आयोजकले तोकेका शीर्षक मध्य कुनै एक छानेर एक हप्तामा प्रोटोटाइप पेस गर्न पर्ने हुन्छ।

लोकस २०२ ०को मुख्य ३ दिने प्रदर्शनीको समयमा आयोजना हुने कार्यक्रम निम्न छन्:

ड्रोनाचार्य

कार्यक्रमको शीर्षक दुई शब्द – “ड्रोन + आचार्य” बाट आएको हो यसको शाब्दिक अर्थ ड्रोन (बिना मानिस हावामा उडाउने साधन) उडाउन सिपालु हो। यस प्रतियोगितामा भाग लीन प्रतियोगी आफैँले ड्रोन निर्माण गर्ने छन्। आफ्नो ड्रोनलाई कन्ट्रोल गरेर विभिन्न चुनौती पार गर्दै अन्त्य रेखामा पुग्न सफल हुने विजय घोषित हुने छन्।

रोबो वार्ज

कार्यक्रममा दुई रोबोट बीच कुस्ती हुन्छ। यस प्रतियोगितामा भाग लीन प्रतियोगी आफैँले रोबोट निर्माण गर्ने छन्। आफ्नो रोबोटलाई कन्ट्रोल गरेर आफ्नो प्रतिद्वन्द्वीको रोबोटलाई निर्धारित घेराबाट हटाउँदै अन्त्यमा आफ्नो रोबोट घेरा भित्र राख्न सफललाई विजयी घोषणा गरिने छ।

रोबोपप

लोकस २०२० को नया प्रायोजन रोबोपप लोकस प्रदर्शनीको समयमा संचालन हुने छ। प्रतियोगितामा प्रतियोगी स्वयम्ले निर्माण गरेको रोबोटमा सुइँ जस्तो बस्तु राखेर खेल क्षेत्रमा रहेका रँगिन बेलुन फुटाई अंक प्राप्त गर्ने छन्। निश्चित समयको अन्त्यमा अधिकतम अंक हासिल गरेका प्रतियोगी विजयी घोषणा हुने छन्।

कोडक्याम्प

यस कार्यक्रममा भाग लिएका प्रतिस्पर्धीले पहिले नै तोकिएका ७ मध्ये कुनै एक विषयमा आधारित भैँ एक प्रोटोटाइपलाई २ दिने कार्यक्रमको अन्त्यमा प्रस्तुत गर्नुपर्ने हुन्छ। सो कार्यक्रममा एक विजयी, एक सर्वश्रेष्ठ प्रस्तोता, तथा एक सर्वश्रेष्ठ विचार गरि तीन समूह पुरस्कृत हुने छन्।

कोडज्याम

कार्यक्रममा प्रतियोगीले प्रस्तुत भएका प्रश्नको निर्धारित समयमा सहि कोड लेखि पेस गर्नुपर्ने छ। सो प्रतियोगिताले विद्यार्थीको समस्या समाधान गर्ने सीपको विकास गर्ने धारणा छ। यसका साथै लोकस २०२० लेगेमिङ्ग प्रतियोगीता तथा अन्य मनोरन्जनात्मक क्रियाकलाप को पनि आयोजना गर्ने छ।

सम्पूर्ण प्रेसकर्मी एवम मान्न्य जनबाट वर्षको प्रदर्शनीलाई आ-आफ्नो तर्फ बाट धेरै भन्दा धेरै जनमानस बीच पुर्याई सो प्रदर्शनीलाई भव्य बनाउन सहयोगको आशा राख्छौं। साथै यसै प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण इन्जिनियरिङ कलेजहरू,  हार्डवेय र तथा सफ्टवेयर कम्पनीहरू र सम्बन्धित सबै निकायहरूको साथ, सहयोग र उपस्थितिको अपेक्छ्या गर्दछौ।