नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने गतिविधि निर्मुल हुने

काठमाडौं ।

स्मार्टफोन साथमा भएपछि अब ल्यापटप, घडी जस्ता उपकरण त बोक्न पर्दैन नै, अब एटीएम र क्रेडिटकार्ड पनि बिस्थापित हुँदैछन् ।

अमेरिकाका केही बैंकहरुले एटीम र क्रेडिटकार्डलाई पनि विस्थापित गर्ने गरी नयाँ प्रविधिको विकास गरेका छन् । यसलाई एकदर्जन भन्दा बढी बैंकले प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् भने केही बैंकले सुरुवात गरिसकेका छन् ।

यो प्रविधिमार्फत प्रायः सबैको हातमा हुने स्मार्टफोनले नै एटीम र क्रडिट कार्डको काम गर्छ । अकेरिकामा स्मार्टफोनलाई एटीमएम अर्डरको माध्यम बनाउन बैंकिङ क्षेत्रमा योजनावद्ध रुपमा काम सुरु भएको छ ।

ग्राहकले आफ्नो स्मार्ट फोनमा बैंकका एटीएम एप डोउनलोड गर्छन् । आफुलाई पैसा आवश्यक भएमा ‘कार्डलेस’ एटीएम मेसिनमा पुगेर त्यही एप मार्फत रकम अर्डर गर्छन ।

कार्ड रहित एटीएम सिस्टमले फोनमा पठाउने कोड नम्बर एटीएम मेसिनमा स्क्यान गर्नुपर्छ । त्यसपछि अर्डरअनुसार कार्ड बिना रकम झिक्न सकिन्छ ।

अमेरिकाका बैंकिङ विज्ञ वेल्सो फारागोकाअनुसार अब अमेरिकाका २८ बैंकले २ हजार भन्दा बढी एटीएम नयाँ प्रविधि प्रयोग गर्ने गरी सञ्चालनमा ल्याउँदैछन् । अमेरिकामा विकास भएको यो प्रविधि विश्व बजारसम्म पुर्‍याउने विकासकर्ताको योजना छ ।

फारागोले अबको १८ महिनाभित्र ८० हजार एटीमलाई यसैप्रविधिमार्फत सञ्चालन गर्नुपर्ने बताए । अब ग्राहकले कार्ड बिर्सिएर हिँड्दा रकम झिक्नै नपाइने समस्या पनि यो प्रविधिले दूर हुनेछ ।

यसैगरी डाटा चोरी गरेर नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने आपाराधिक गतिविधि पनि निर्मुल हुने विश्वास गरिएको छ । सन् २०१५ मात्रै झण्डै २ अर्ब अमेरिकी डलर बरारबरको रकम एटीमकार्डको डाटा चोरी र दुरुपयोग गरी झिकिएको थियो ।